+
+
Shares

‘रामायण’ को सेटमा कस्तो हुन्थ्यो माहोल ? ‘विश्वामित्र’ बनेका अजिंक्य देवले खोले रहस्य

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते १०:५१

‘रामायण’ मा विश्वामित्रको भूमिकामा देखिएका अजिंक्य देवले नितेश तिवारी, रणबीर कपूर र रवि दुबेसँग काम गर्दाको अनुभव खुलाएका छन् । यससँगै उनले फिल्मको सेटमा हुने वातावरणबारे पनि सुनाएका छन् ।

नितेश तिवारीको ‘रामायण’ यस वर्षका चर्चित फिल्ममध्ये एक हो । फिल्म प्रदर्शनमा आएको १५ दिनमै यसले विश्वव्यापी रूपमा १ हजार ५०० करोड भन्दा बढी व्यपार गरिसकेको छ ।

यस फिल्ममा रणबीर कपूर, साई पल्लवी र यशसँगै विभिन्न पृष्ठभूमिका कलाकारले अभिनय गरेका छन् । पर्दापछाडि कलाकारबीचको आपसी सम्बन्धलाई लिएर पनि दर्शकमा उत्सुकता छ । यसैबीच, इन्डिया टीभीसँगको विशेष कुराकानीमा अजिंक्य देवले मुख्य कलाकारसँग काम गर्दाको अनुभव, सेटको वातावरण र त्यहाँको माहोल बारे खुलासा गरेका छन् ।

‘रामायण’ को सेटमा कस्तो हुन्थ्यो माहोल ?

अजिंक्य देवले ‘रामायण’ को सेटको वातावरणबारे कुरा गर्दै भने, ‘सेटमा अनावश्यक रमाइलो र ठट्टा हुँदैनथ्यो । किनभने नितेश सर सेटमा आउँदा शट लिनका लागि पूर्ण रूपमा तयार हुनुहुन्थ्यो । शटहरूबीच हामीले पाउने समयमा आफ्नो पात्रबारे वा अन्य कुराकानी गर्थ्यौँ । तर, हामी कहिल्यै आफूले निभाइरहेको पात्रबाट बाहिर निस्कँदैनथ्यौँ।’

तयार हुन दुई घण्टा

अजिंक्य देवका अनुसार दाह्री भएकाले उनलाई सेटमा तयार भएर पुग्न करिब दुई घण्टा लाग्थ्यो । उनले भने, ‘सेटमा सबै कुरा राम्रो थियो । एसीलगायत सुविधाहरू पनि थिए । तर, एकपटक पोसाक लगाएपछि हामी एकअर्कालाई आज कस्तो देखिएका छौँ, आज कहाँ व्यायाम गर्यौँ, के–के गर्यौँ भनेर सोध्थ्यौँ । यस्तै सामान्य कुराकानी हुन्थ्यो । बाँकी सबै आफ्नो काममा केन्द्रित थिए ।’

उनका अनुसार फिल्मको सेटमा निकै पवित्र वातावरण थियो र हरेक काममा एक प्रकारको शुद्धता महसुस हुन्थ्यो।

नितेश तिवारीसँग काम गरेको अनुभव

नितेश तिवारीसँग काम गरेको अनुभव सुनाउँदै अजिंक्यले उनलाई शान्त स्वभावका निर्देशक भनेका छन् । ‘सेटमा नितेशलाई खासै ध्यान दिनुपर्ने अवस्था हुँदैनथ्यो, किनभने उहाँ निकै शान्त स्वभावको हुनुहुन्छ’ उनले, ‘भने सेटमा पनि उहाँ शान्त नै रहनुहुन्थ्यो । त्यसैले त्यहाँ कुनै हल्ला वा चिच्याउने वातावरण हुँदैनथ्यो।’

सेटमा सबैभन्दा राम्रो सम्बन्ध को सँग ?

अजिंक्यलाई सुटिङका क्रममा सबैभन्दा राम्रो सम्बन्ध कससँग बन्यो भनेर सोध्दा उनले लक्ष्मणको भूमिका निभाएका रवि दुबेको नाम लिए ।

रणबीर कपूर, निर्देशक नितेश तिवारी र निर्माता नमित मल्होत्रासँगको सम्बन्धबारे पनि उनले कुरा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?