News Summary
Generated by OK AI. Editorially reviewed.- रणवीर कपुर, साई पल्लवी र यश अभिनीत फिल्म ‘रामायण’ नोभेम्बर ५ मा दीपावलीका अवसरमा सिनेमा हलमा प्रदर्शनमा आएको छ।
- फिल्ममा साई पल्लवीले सीताको भूमिकामा १४ हजार राक्षससँग लडेको दृश्य देखाइएपछि सामाजिक सञ्जालमा बहस सुरु भएको छ।
- केही प्रयोगकर्ताले रामायणमा यस्तो घटनाको उल्लेख नरहेको भन्दै उक्त दृश्यको आलोचना गरेका छन्।
रणवीर कपुर अभिनीत फिल्म ‘रामायण’ हेरेपछि एउटा विशेष दृश्यलाई लिएर दर्शकहरूले असन्तुष्टि जनाएका छन् ।
फिल्ममा सीताको भूमिका निर्वाह गरेकी साई पल्लवी १४ हजार राक्षससँग लडेको दृश्यलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ ।
केही प्रयोगकर्ताले रामायणमा यस्तो घटनाको उल्लेख नै नभएको भन्दै दृश्यको आलोचना गरेका छन् ।
रणवीर कपुर, साई पल्लवी र यश अभिनीत ‘रामायण’ नोभेम्बर ५ मा दीपावलीको अवसर पारेर सिनेमा हलमा प्रदर्शनमा आएको छ ।
फिल्म हेरेपछि दर्शकहरूले आ–आफ्ना धारणा सार्वजनिक गरिरहेका छन् । यसैबीच फिल्ममा देखाइएका केही घटनाको तथ्यलाई लिएर सामाजिक सञ्जालमा बहससमेत भइरहेको छ ।
त्यसमध्ये एउटा दृश्यमा सीताको भूमिकामा रहेकी साई पल्लवी युद्धभूमिमा उत्रिएको देखाइएको छ ।
फिल्ममा वनवासका क्रममा भगवान् रामलाई साथ दिन माता सीता पनि युद्धभूमिमा पुग्छिन् । फिल्ममा उनले श्रीरामसँगै युद्ध गर्दै १४ हजार राक्षसलाई परास्त गरेको दृश्य देखाइएको छ ।
यही दृश्यलाई लिएर सामाजिक सञ्जालमा प्रयोगकर्ताहरू दुई समूहमा बाँडिएका छन् ।
केहीले माता सीता कहिल्यै युद्धभूमिमा उत्रिएको उल्लेख रामायणमा नरहेको दाबी गरेका छन् भने केहीले यसको विपरीत धारणा राखेका छन् ।
यसरी साई पल्लवीको युद्ध दृश्यलाई लिएर सामाजिक सञ्जालमा आलोचना र बहस सुरु भएको छ ।
प्रतिक्रिया 4