बिहीबार बिहान एउटा अप्रिय खबर सर्वत्र फैलियो। खबर थियो, दिग्गज अभिनेता नाना पाटेकरको निधन । उनको ७५ वर्षको उमेरमा निधन भयो। कारण थियो, कार्डियाक अरेस्ट।
उनको निधनअघि छातीमा तीव्र दुखाइ भएको थियो । त्यसपछि मेडिकल टोली उनको फ्ल्याटमा पुगेको थियो। उनलाई घरमै तत्काल सीपीआर दिइएको थियो । त्यसपछि अस्पताल पुर्याइए पनि चिकित्सकले बचाउन सकेनन् ।
उनको निधनमा प्रशंसक र धेरै कलाकर्मीले गहिरो शोक व्यक्त गरिरहेका छन्। सोही क्रममा अभिनेता विजय बरालले पनि कहिल्यै भेट्न नपाएको तर सधैँ मनमा रहेका कलाकारको सम्झना गरेका छन्। उनी लेख्छन्,
‘मण्डलाको सुरुआती समयमा, म बस्ने मण्डलाको कोठाको माथिल्लो भागको भित्तामा मैले मन पराउने कलाकारहरूका तस्बिरमध्ये एउटा नाना पाटेकरको पनि थियो। उहाँलाई हेर्दा मलाई सधैँ लाग्थ्यो—‘कुनै दिन एकपटक उहाँलाई भेट्नेछु, नजिकै बसेर उहाँको कुरा सुन्नेछु ।’
त्यो चाहना भने पूरा हुन पाएन ।
उहाँका सिनेमा मैले धेरै पटक हेरेको छु। उहाँको अभिनयबाट धेरै कुरा सिक्ने अवसर पाएँ। पछिल्लो समय उहाँका लामालामा अन्तर्वार्ताहरू सुन्दा झन् उहाँभित्रको कलाकार मात्र होइन, एउटा जीवन बाँचिरहेको मान्छेलाई महसुस गर्न पाएँ । त्यो मेरा लागि निकै आनन्द र सिकाइको कुरा थियो ।
नाना पाटेकरप्रति हार्दिक श्रद्धाञ्जली ।’
प्रतिक्रिया 4