News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन पर्वतको आर्थर डाँडाखर्कबाट सुरु भएको छ।
- निर्देशक सरोज पौडेलले छायांकन एक महिनासम्म चल्ने बताए।
- फिल्मको शीर्ष कलाकारमा विजय बराल, अञ्जना बराइली, विनोद न्यौपाने सहभागी छन्।
काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै निर्माताले छायांकन थालेका हुन् ।
सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने फिल्मको छायांकन पर्वतको आर्थर डाँडाखर्कबाट सुरु भएको हो । शुभसाइत पूजामा फिल्मका शीर्ष कलाकारहरू विजय बराल, अञ्जना बराइली, विनोद न्यौपानेलगायत सहभागी थिए ।
निर्देशक सरोज पौडेलले एक महिनासम्म छायांकन चल्ने बताए । यसअघि निर्देशक पौडेल र कलाकारद्वय विजय र अञ्जनाले सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’मा सहकार्य गरेका थिए ।
त्यसपछि यी तीनजनाको सहकार्य दोहोरिएको हो । यसको पटकथा लेखन पनि सरोजले गरेका छन् । आरआर फिल्मसले वितरण गर्ने फिल्मको डिजिटल पार्टनरमा ओएसआर डिजिटल छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4