+
+
Shares

महंगो पारिश्रमिकको हल्ला फैलिएपछि अञ्जना : राम्रो काम गरौं भन्दा टिक्न दिइँदैन

भन्छिन्, ‘आउटसाइडर भएर इन्डष्ट्रिमा हार्ड वर्कसँग राम्रो काम गर्नेलाई टिक्न दिइँदैन । अहिले जे भैरहेको छ, यो कलाको अपमान हो । घुमाउरो तरिकाले ब्यंग्य गरिएको हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ४ गते १३:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अञ्जना बराइलीले २० लाख रुपैयाँ पारिश्रमिक डिमान्ड गरेको हल्ला बाहिरिएकोमा असन्तुष्टि व्यक्त गरेकी छिन्।
  • उनले पारिश्रमिकको कुरा नितान्त गोपनियताको विषय भएको र यसलाई बाहिर ल्याउनु राम्रो नभएको बताइन्।
  • अञ्जनाले चलचित्र उद्योगमा हार्ड वर्क गर्ने आउटसाइडरलाई टिक्न दिइँदैन र यो कलाको अपमान भएको उल्लेख गरिन्।

काठमाडौं । नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने शीर्ष पहिलो र चौंथो फिल्म अभिनेत्री अञ्जना बराइलीको नाममा छन् । ‘पूर्णबहादुरको सारंगी’ मा बाटुली होस् या ‘परान’ की कान्छी बुहारी ।

एकपछि अर्को हिट फिल्ममा अभिनय गरेकी अञ्जना अहिलेकी ‘डिमान्डेड एक्ट्रेस’ पनि हुन् । सफलताको घोडामा सयर गरिरहेकी उनै अञ्जना केही दिनयता पारिश्रमिकको कारणले चर्चामा छिन् ।

उनले २० लाख रुपैयाँ पारिश्रमिक डिमान्ड गरेको कुरा केही मिडिया विवरणमा उल्लेख छ । उनलाई हालै अप्रोच गरिएका केही फिल्मका निर्माण स्रोतबाट यो हल्ला फैलिएको अनुमान गरिएको छ ।

जुन कुरालाई लिएर स्वयम अञ्जना खुसी छैनन् । महंगो पारिश्रमिक डिमान्ड गरिएको भन्ने अपुष्ट विवरणबारे अनलाइनखबरले अञ्जनालाई जिज्ञासा राखेको थियो ।

जवाफमा उनी असन्तुष्टि सुनिइन् । ‘पारिश्रमिकको कुरा नितान्त गोपनियताको कुरा हो । जहाँबाट यो कुरा आयो, उहाँहरूले व्यवसायिक मर्यादा कायम गर्नुपथ्र्यो । बाहिर आएको कुरामा मलाई चित्त बुझेको छैन ।’

उनले चलचित्र उद्योगमा टिकेर मिहेनतसँग काम गर्न मुस्किल हुने गरेको अनुभव सुनाइन् । भन्छिन्, ‘आउटसाइडर भएर इन्डष्ट्रिमा हार्ड वर्कसँग राम्रो काम गर्नेलाई टिक्न दिइँदैन । अहिले जे भैरहेको छ, यो कलाको अपमान हो । घुमाउरो तरिकाले ब्यंग्य गरिएको हो ।’

पारिश्रमिकको कुरालाई प्राइभेसी राख्नुपर्ने उनको भनाई छ । भन्छिन्, ‘पारिश्रमिकको कुरा बजारमा फैलाउनु राम्रो होइन । यो कुराले अन्य प्रोजेक्टमा पनि असर गर्छ । उहाँहरुले गरेको यो कुरा मानवता नै नरहेको जस्तो लाग्यो ।’

घरेलु फिल्ममा बेला-बेलामा पारिश्रमिकको कुरालाई लिएर चर्चा हुने गरेको छ । विशेषगरि, महिला कलाकारले पारिश्रमिकमा न्याय होस् भन्ने धारणा बेला बेलामा राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?