
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'परिवर्तन' को छायांकन सोमबार मूल दृश्यका लागि सकिएको छ भने दुई गीतको छायांकन बाँकी छ।
- फिल्ममा राष्ट्रिय गीत र लोकगीत समावेश गरिनेछ र छायांकन झापा र विराटनगरमा गरिएको छ।
- निर्देशक विजय केरुङको फिल्ममा सुशील श्रेष्ठ र अञ्जना बराइली मुख्य भूमिकामा छन् र प्रदर्शन २०८२ सालभित्र हुने छ।
काठमाडौं । फिल्म ‘परिवर्तन’को छायांकन सकिएको छ । निर्माता दीपक सिवाकोटीका अनुसार फिल्मका दुई गीतबाहेक मूल दृश्यको छायाङ्कन सोमबार सकिएको हो ।
अब फिल्ममा समावेश गरिने एक राष्ट्रिय गीत र एक लोकगीतको मात्र छायाङ्कन बाँकी रहेको जानकारी उनले दिए ।
झापाका बुद्धशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, कन्काईमाई नगरपालिका, बिर्तामोड, मेचीनगर नगरपालिकासहित विराटनगरमा खिचिएको हो ।
विजय केरुङ निर्देशित यो फिल्ममा सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीको शीर्ष भूमिका छ । गौतम तिवारी सूर्यवंशी, बुद्धि तामाङ, करिश्मा मानन्धर लगायतको पनि अभिनय छ ।
यसअघि अभिनेता सुशील श्रेष्ठको एक्सन फोटो बाहिरिएको थियो । एक्सन हिरोको रूपमा परिचय बनाएका श्रेष्ठको यो फिल्म प्रतीक्षित छ ।
दिब्यासी फिल्म्स प्रालिको ब्यानरमा दीपक सिवाकोटीले निर्माण गरेको यस फिल्ममा सीमा सुरक्षा, भ्रष्टाचार र नागरिक पीडालाई चित्रण गरिएको छ ।
पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन् । निर्माताले २०८२ सालभित्रै प्रदर्शन गर्ने जनाएका छन् ।
प्रतिक्रिया 4