+
+
Shares

विजय बराल घाइते भएपछि रोकियो ‘सिन्दुरे जात्रा’ छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १६ गते १८:४९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘सिन्दुरे जात्रा’ फिल्मको छायांकनका क्रममा घोडाबाट खसेर अभिनेता विजय बराल घाइते भएका छन् ।
  • दुर्घटनामा बरालको दाहिने हात भाँचिएपछि पोखराको मेट्रो सिटी अस्पतालमा उनको उपचार भइरहेको छ ।
  • मुख्य अभिनेता घाइते भएपछि फिल्मको छायांकन रोकिएको छ भने बाँकी काम आगामी असार मध्यपछि मात्र शुरू हुनेछ ।

काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन क्रममा अभिनेता विजय बराल घाइते भएका छन् । घोढचडीको दृश्य खिच्दा खसेर लडेपछि उनी घाइते भएका हुन् ।

निर्देशक सरोज पौडेलका अनुसार अभिनेता बरालको दाहिने हात भाँचिएको छ । पर्वतको कुस्मा नगरपालिका १४ स्थित आर्थर डाँडाखर्कको छायांकन सेटमा गतसाता यस्तो दुर्घटना भएको हो ।

पोखराको मेट्रो सिटी अस्पताल ल्याएर अहिले बरालको उपचार भैरहेको छ । विजय यो फिल्ममा मुख्य पात्रको रोलमा थिए । मुख्य कलाकार नै घाइते भएपछि निर्माण टोली छायांकन रोकेर काठमाडौंमा फर्किने तयारीमा छ ।

निर्देशक पौडेलका अनुसार, अभिनेता बरालले स्वास्थ्य लाभ गर्नुपर्ने भएपछि असार मध्यपछि मात्र बाँकी छायांकन सुरु हुनेछ । अहिले ५० प्रतिशत छायांकन पूरा भएको जानकारी उनले दिए ।

सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?