News Summary
Generated by OK AI. Editorially reviewed.- ‘कफी विथ करण’को नवौं सिजन १४ अक्टोबरदेखि जियो हटस्टारमा प्रसारण हुँदै छ, र पहिलो भागमा सलमान खान देखिनेछन्।
बलिउडको बहुचर्चित तथा विवादास्पद सेलिब्रेटी टक शो ‘कफी विथ करण’ को नवौं सिजन सुरु हुन लागेको छ । १४ अक्टोबरदेखि ओटीटी प्लेटफर्म जियो हटस्टारमा प्रसारण हुन लागेको यो शोको पहिलो भागमा अभिनेता सलमान खान प्रख्यात सोफामा देखिनेछन् ।
हालै सार्वजनिक गरिएको शोको पहिलो प्रोमोले दर्शकको ध्यान खिचेको छ । टिजरमा करण जोहर र सलमान खानको पुरानै ठट्टा र बिना भूमिकाका सीधा कुराकानी पुनः दोहोरिएको देख्न सकिन्छ ।
‘कन्ट्रोल, यार भाइ !’
करणले शोको अन्तिम सिजनको सुरुआत गर्न सलमान खानलाई स्वागत गर्दै भनेका छन्, ‘एक ज्ञानी पुरुषले एक पटक भनेका थिए, इट्स डन, ब्रो । त्यसैले मेरो अन्तिम सिजनको सुरुआत गर्न सलमान खानभन्दा उत्तम अरू को हुन सक्छ ?’
त्यसपछि शोमा गरिएका केही कुराकानी देखाइएको छ । जहाँ करणले विगतको प्रसङ्ग कोट्याउँदै सलमानलाई प्रश्न गर्छन्, ‘आर यु स्टिल भर्जिन ?’
करणको यो प्रश्नमा सलमानले आफ्नो उही परिचित शैलीमा लाज मान्दै जवाफ दिन्छन्, ‘कन्ट्रोल, यार भाइ, कन्ट्रोल !’
सलमानले यो शोको अन्तिम सिजन हुनेछ भन्ने करणको घोषणामाथि पनि ठट्टा गरेका छन् । अन्तिम सिजन भनिएकाले मात्रै सेलिब्रेटीहरू सहजै आउन राजी भएको हुन सक्ने भन्दै उनले करणको रणनीति भन्दै जिस्काएका छन् । यद्यपि, उनले यो शो बन्द नहोस् भन्ने आफ्नो इच्छा रहेको पनि प्रस्ट पारेका छन् ।
दुई दशक लामो यात्रामा सेलिब्रेटीहरूका खुलासा, विवाद र अप्ठ्यारा प्रश्नहरूका लागि चिनिएको ‘कफी विथ करण’ को यो अन्तिम सिजन हुने बताइएको छ । यस सिजनमा सलमानबाहेक शाह रुख खान, आमिर खान, करीना कपूर खान, सैफ अली खानका साथै दक्षिण भारतीय फिल्मका स्टारहरू पनि देखिने अडकलबाजी गरिएको छ ।
प्रतिक्रिया 4