+
+
Shares

अब घरमै हेर्न पाइनेछ अजय देवगनको ‘दृश्यम ३’, कहिले र कहाँ हुँदैछ रिलिज ?

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते १२:१३

बलिउडको चर्चित क्राइम थ्रिलर फ्रेन्चाइज ‘दृश्यम’ को तेस्रो तथा अन्तिम शृंखला अब ओटीटीमा आउने भएको छ ।

अभिनेता अजय देवगन अभिनीत फिल्म ‘दृश्यम : द कन्क्लुजन’ नोभेम्बर २७ देखि नेटफ्लिक्समा स्ट्रिमिङ हुनेछ ।

२ अक्टोबर २०२६ मा हलमा रिलिज भएको यो फिल्म करिब दुई महिनापछि डिजिटल प्लेटफर्ममा आउन लागेको हो ।

हलमा हेर्न छुटाएका दर्शकले अब घरमै बसेर विजय सालगाउँकरको रहस्यमय कथा हेर्न पाउनेछन् ।

अभिषेक पाठकको निर्देशनमा बनेको फिल्ममा अजय देवगनसँगै तब्बु, श्रिया सरन, जयदीप अहलावत र प्रकाश राजको अभिनय छ ।

के छ फिल्मको कथा ?

फिल्मको कथा विजय सालगाउँकर र उनको परिवारकै वरिपरि घुम्छ । अघिल्लो मुद्दामा विजयले सफाइ पाएको ६ महिनापछि समीरको मृत्यु प्रकरण फेरि बल्झिन्छ ।

प्रहरी अधिकारी राजवीर सिंह तोमरले पुरानो घटनाको अनुसन्धान पुनः सुरु गर्छन् ।

यसपटक महेश देशमुखको आग्रहमा अनुसन्धान अघि बढ्छ । विजयले अघिल्लो कानुनी प्रक्रियाका क्रममा समीरको कंकालका अवशेष नै परिवर्तन गरेको हुन सक्ने प्रहरीको आशंका हुन्छ ।

अनुसन्धान गर्दै जाँदा मेडिकल कलेजका सुरक्षा गार्ड रघुसम्म प्रहरी पुग्छ । त्यसपछि क्रिस्टोफर पिन्टो नामका व्यक्तिको अवशेषसँग पनि घटनाको सम्बन्ध जोडिन्छ ।

फिल्ममा पुरानो रहस्य, प्रहरी अनुसन्धान र आफ्नो परिवारलाई जोगाउन विजयले गर्ने संघर्षलाई मुख्य रूपमा प्रस्तुत गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?