News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री स्मिता जयकरले ‘हम दिल दे चुके सनम’को छायाङ्कनका क्रममा सलमान खान र ऐश्वर्या रायबीच प्रेम सम्बन्ध विकसित हुँदै गएको बताएकी छन्।
- उनले ‘आँखों की गुस्ताखियाँ’ गीत छायाङ्कनका बेला सलमानले ऐश्वर्याको हात छोएपछि निर्देशक भन्सालीले गाली गरेको किस्सा सुनाएकी छन्।
- स्मिताका अनुसार, प्रेम सम्बन्धका कारण सलमान र ऐश्वर्या प्रायः ढिलो आउँदा छायाङ्कन टोलीले बिहान ७ बजेदेखि १० बजेसम्म पर्खिनुपर्थ्यो।
सलमान खान र ऐश्वर्या रायबीचको प्रेमकथा बलिउडका सदाबहार किस्सा बनेको छ । यो किस्सा चाहिँ ‘हम दिल दे चुके सनम’को छायाङ्कनको हो । फिल्ममा सलमान र ऐश्वर्या रायले स्क्रिन सेयर गरेका थिए । त्यसबेला दुवैको अनस्क्रिन केमेस्ट्री पनि दर्शकले औधी रुचाउँथे । यसले फिल्ममेकरलाई फाइदै हुन्थ्यो ।
त्यसदिन ‘हम दिल दे चुके सनम’को एउटा गीतको छायाङ्कन भइरहेको थियो ।
फिल्मको ‘आँखों की गुस्ताखियाँ’ गीतको छायाङ्कन भइरहेका बेला सलमान खानले ऐश्वर्या राय बच्चनको हात छोएका थिए । त्यसपछि निर्देशक भन्सालीले सलमानलाई गाली गरेका थिए । यो किस्सा हालै अभिनेत्री स्मिता जयकरले सुनाएकी हुन् । उनले फिल्ममा ऐश्वर्याको आमाको भूमिका निर्वाह गरेकी थिइन् । उनले छायाङ्कनका क्रममा सलमान र ऐश्वर्याबीच कसरी प्रेम सम्बन्ध विकसित हुँदै गएको थियो भन्ने कुरा पनि बताएकी छन् ।
फिल्मलाई भयो फाइदा
‘हम दिल दे चुके सनम’मा काम गर्ने क्रममा सलमान र ऐश्वर्या एकअर्काको प्रेममा परेको बताइन्छ । उनीहरूको वास्तविक प्रेम सम्बन्ध फिल्मको रोमान्टिक कथासँग पनि जोडिएको थियो । स्मिताका अनुसार, छायाङ्कनका क्रममा दुवै कलाकारबीचको प्रेम र आकर्षण प्रस्ट देखिन्थ्यो । त्यसले पर्दामा उनीहरूको केमेस्ट्रीलाई अझ सुन्दर बनाएको थियो ।
त्यसबेलाको सम्बन्ध सम्झिँदै स्मिताले सिद्धार्थ कन्ननसँगको कुराकानीमा भनेकी छन्, ‘त्यतिबेला उनीहरूको सम्बन्ध अगाडि बढिरहेको थियो । उनीहरू दुवै प्रेममा थिए र निकै राम्रा देखिन्थे । त्यसबेला ऐश्वर्या निकै सुन्दर देखिएकी थिइन् । यो फिल्मका लागि फाइदाजनक भयो । त्यो जादु पर्दामा पनि देखियो ।’
किन गर्नुपर्थ्यो छायाङ्कन टोलीले प्रतीक्षा ?
यद्यपि, उनीहरूको प्रेम सम्बन्धका कारण कहिलेकाहीँ छायाङ्कन टोलीका सदस्यहरूले दुवैलाई कुर्नुपर्ने अवस्था पनि आउँथ्यो । स्मिताका अनुसार, उनीहरू ढिलो आउँदा टोलीका सदस्यहरूले गुनासोसमेत गर्ने गर्थे ।
स्मिताले भनिन्, ‘छायाङ्कन टोलीका अरू सदस्यहरू गुनासो गर्थे, ‘यी मानिसहरू आउन किन यति ढिलो गर्छन् ? हाम्रो काम बिहान ७ बजे सुरु हुन्छ । हामी १० बजेसम्म यहाँ कुरेर बसिरहेका हुन्छौँ, तर पनि उनीहरू आउँदैनन् ।’ तर मलाई सधैँ लाग्थ्यो, जब कोही प्रेममा हुन्छ, तब तपाईं के नै भन्न सक्नुहुन्छ र ?’
उनले थप भनिन्, ‘उनीहरू बिहान ११ बजे सँगै आउँथे । वरिपरिको संसार र पूरा छायाङ्कन टोली आफूहरूलाई कुरिरहेको कुरासमेत उनीहरूलाई थाहा हुँदैनथ्यो । तर जब तपाईं प्रेममा हुनुहुन्छ, यस्तै हुन्छ ।’
प्रतिक्रिया 4