+
+
Shares

मनिषा कोइराला लेख्छिन्, ‘अभिनय कलाका सच्चा हस्तीको निधनले अत्यन्त दुःखी बनाएको छ’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते १०:४६

नानाको निधनप्रति अभिनेत्री मनिषा कोइरालाले दुःख व्यक्त गर्दै उनलाई अभिनय कलाका सच्चा हस्तीका रूपमा सम्झिएकी छिन्।

मनिषाले सामाजिक सञ्जालमार्फत नानाको तस्बिर पोस्ट गर्दै उनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन् । उनले नानाको निधनले आफू अत्यन्त दुःखी भएको उल्लेख गर्दै सिनेमा क्षेत्रमा उनले पुर्‍याएको योगदान र आफ्नो कलाप्रतिको समर्पण सधैँ स्मरणीय रहने बताएकी छिन्।

मनिषाले लेखेकी छिन्, ‘एक महान् अभिनेता तथा अभिनय कलाका सच्चा हस्तीको निधनले अत्यन्त दुःखी बनाएको छ ।  सिनेमा क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान र आफ्नो कलाप्रतिको समर्पण सधैँ स्मरणीय रहनेछ । उहाँको आत्माले शान्ति पाओस् । ॐ शान्ति ।’

मनिषा र नाना पाटेकरबीच केवल सहकर्मीको सम्बन्ध मात्र थिएन । दुवैले भारतीय सिनेमाका केही चर्चित फिल्ममा सँगै काम गरेका थिए ।  उनीहरूले ‘खामोसी : द म्युजिकल’, ‘अग्नी साक्षी’ र ‘युग पुरुष’ जस्ता फिल्ममा एकसाथ अभिनय गरेका छन् । पर्दामा उनीहरूको अभिनयले दर्शकको ध्यान तानेको थियो ।

विशेषगरी ‘खामोसी : द म्युजिकल’ मनिषा कोइरालाको अभिनय करियरको महत्वपूर्ण फिल्ममध्ये एक मानिन्छ । सञ्जय लीला भन्साली निर्देशित यो फिल्ममा मनिषाले एनीको भूमिका निर्वाह गरेकी थिइन् । फिल्ममा नाना पाटेकरले उनका बाबुको भूमिका निभाएका थिए । बोल्न र सुन्न नसक्ने आमाबुबाको छोरीको कथा प्रस्तुत गर्ने यो फिल्ममा नाना र मनिषाबीचको भावनात्मक सम्बन्धलाई निकै प्रभावशाली ढंगले प्रस्तुत गरिएको थियो।

नाना पाटेकर आफ्नो फरक अभिनय शैली, संवाद बोल्ने विशिष्ट क्षमता र पात्रलाई जीवन्त बनाउने क्षमताका कारण लामो समयदेखि दर्शकमाझ चर्चित थिए। उनले मुख्य भूमिकासँगै चरित्र भूमिकामार्फत पनि बलियो छाप छोडेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?