+
+
Shares

स्याङ्जाका टंक लम्साल युरोपबाट कांग्रेस केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २२ गते ११:५५

काठमाडौँ । स्याङ्जाका टंक लम्साल विगत २५ वर्षदेखि जर्मनीमा व्यवसाय गर्दै आएका सफल उद्यमी हुन् । उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोप क्षेत्रबाट केन्द्रीय सदस्यमा उम्मेद्‌वारी दिएका छन् ।

सामान्य ग्रामीण परिवेशबाट संघर्ष सुरु गरेका उनले सन् २००१ मा जर्मनी पुगेर साना कामबाट अनुभव बटुल्दै ‘मेरो बुद्ध नेपाली किचन’ र ‘कुलायन’ जस्ता रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । जहाँ उनले नेपाली खाना र संस्कृतिको प्रवर्द्धन गर्नुका साथै युरोप पुग्ने नेपालीलाई आश्रय र रोजगारी प्रदान गर्दै आएका छन् ।

विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय लम्साल प्रवासमा पनि नेपाली काँग्रेस र जनसम्पर्क समितिमा निरन्तर क्रियाशील छन् ।

सोही योगदानका आधारमा १५ औँ महाधिवेशन प्रतिनिधि बनेका उनले विदेशमा सिकेको ज्ञान र सीप देश विकासमा लगाउने बताएका छन् ।

यही उद्देश्यका साथ उनी आगामी ५ वर्षभित्र पूर्णतः नेपाल फर्किने योजनामा छन् । देश फर्केर उद्यमशीलता र समाजसेवामा समर्पित हुने लक्ष्य राखेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?