+
+
Shares

५६ वर्षको उमेरमा पनि उत्तिकै फिट सैफ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते १३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सैफ अली खानले इन्स्टाग्राममा शर्ट नलगाई खुला आकाशमुनि सूर्य नमस्कार गरिरहेको नयाँ भिडियो सार्वजनिक गरेका छन्।

बलिउड अभिनेता सैफ अली खानले हालै इन्स्टाग्राममा आफ्नो नयाँ भिडियो सार्वजनिक गरेका छन् । उक्त भिडियोमा ५६ वर्षीय सैफ शर्ट नलगाई योग गरिरहेको देखिएका छन् । खुला आकाशमुनि उनले सूर्य नमस्कार गरेको भिडियोले सामाजिक सञ्जालमा चर्चा पाएको छ ।

सैफको यो भिडियोको करिना कपुरदेखि शिल्पा शेट्टीसम्मले प्रशंसा गरेका छन् । भिडियोमा उनको शारीरिक तन्दुरुस्ती स्पष्ट देखिन्छ ।

भिडियो सार्वजनिक गर्दै सैफले आफ्नो दैनिक दिनचर्यालाई नयाँ ढङ्गले व्यवस्थित गर्ने प्रयासबारे पनि बताएका छन् । पहाडको फेदीमा रहेको खुला तथा प्राकृतिक वातावरणमा उनले योग अभ्यास गरेको देख्न सकिन्छ ।

सैफ आफ्नो शरीरलाई फिट राख्न नियमित र अनुशासित दिनचर्यामा ध्यान दिन्छन् । उनी भारी तौल उठाएर गरिने व्यायामभन्दा योग, शरीरको लचकता, सन्तुलन र कार्यक्षमता बढाउने अभ्यासलाई प्राथमिकता दिन्छन् ।

५६ वर्षको उमेरमा पनि आफ्नो शारीरिक तन्दुरुस्ती कायम राख्न सैफले अपनाएको यो अभ्यासले उनका प्रशंसकको ध्यान तानेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?