+
+
Shares

बलिउडकी नयाँ स्टार किड : को हुन् नाओमिका सरन ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजेश खन्ना र डिम्पल कपाडियाकी नातिनी नोमिका सरन सुन्दरता र फिल्मी परिवारका कारण बलिउडको सम्भावित स्टार किडका रूपमा चर्चामा आएकी छिन्।
  • नोमिकाले मुम्बईमा विद्यालय शिक्षा सकाएर सेन्ट जेभियर्स कलेजमा पढिन् र अहिले न्युयोर्क विश्वविद्यालयअन्तर्गत टिस स्कुल अफ आर्ट्समा अध्ययन गरिरहेकी छिन्।
  • नोमिका अहिले मुख्यधारको बलिउडमा सक्रिय छैनन्, तर इन्स्टाग्राममा उनका १३ हजारभन्दा बढी फलोअर्स छन्।

बलिउडमा अहिले नयाँ पुस्ताका कलाकारप्रति दर्शकको चासो बढिरहेको छ । यसैबीच अभिनेत्री डिम्पल कपाडिया र दिवंगत अभिनेता राजेश खन्नाकी नातिनी नाओमिका सरन पनि चर्चामा आउन थालेकी छिन् । सुन्दरता, आकर्षक व्यक्तित्व र फिल्मी परिवारसँगको सम्बन्धका कारण उनी बलिउडको नयाँ सम्भावित स्टार किडका रूपमा हेरिन थालेकी छिन् ।

राजेश खन्नाकी नातिनी

नाओमिका बलिउडका पहिलो सुपरस्टार मानिने राजेश खन्ना र चर्चित अभिनेत्री डिम्पल कपाडियाकी नातिनी हुन् । उनी अभिनेत्री रिंकी खन्ना र व्यवसायी समीर सरनकी छोरी हुन् । अभिनेत्री ट्विंकल खन्नाकी भतिजीसमेत हुन् ।

उनको परिवारको बलिउडसँग पुरानो सम्बन्ध छ । उनका हजुरबुवा राजेश खन्नाले सन् १९७० को दशकमा बलिउडमा ठूलो स्टारडम बनाएका थिए । हजुरआमा डिम्पल कपाडिया पनि आफ्नो अभिनयका कारण आजसम्म चर्चामा छिन् । उनकी आमा रिंकी र फुपू ट्विंकलले समेत फिल्ममा काम गरिसकेका छन् ।

अभिनय र फिल्म निर्माणमा रुचि

नाओमिकाले मुम्बईबाट विद्यालय तहको शिक्षा पूरा गरेकी हुन् । त्यसपछि उनले सेन्ट जेभियर्स कलेजमा अध्ययन गरिन् । हाल उनी अमेरिकाको न्युयोर्क विश्वविद्यालयअन्तर्गत टिस स्कुल अफ आर्ट्समा उच्च शिक्षा हासिल गरिरहेकी छिन् ।

यो संस्था अभिनय, फिल्म निर्माण र प्रदर्शन कलाका लागि चर्चित मानिन्छ । नाओमिकाले पनि अभिनय तथा फिल्म निर्माणमा आफ्नो रुचि अघि बढाइरहेकी छिन् ।

ट्विंकल खन्नासँग मिल्दोजुल्दो अनुहार

अहिलेसम्म नाओमिका मुख्यधारको बलिउड फिल्म उद्योगमा सक्रिय भइसकेकी छैनन् । तर, सामाजिक सञ्जालमा उनको लोकप्रियता बढ्दै गएको छ । इन्स्टाग्राममा उनका दुई लाख बढी फलोअर्स  छ ।

उनका तस्बिर र पोस्ट सामाजिक सञ्जालमा चर्चित हुने गरेका छन् । विशेषगरी उनी आफ्नी फुपू ट्विंकल खन्नासँग निकै मिल्दोजुल्दो देखिने भन्दै प्रशंसकहरूले उनलाई ट्विंकलको प्रतिरूपसमेत भन्ने गरेका छन् ।

आकर्षक पहिरन शैली, व्यक्तित्व र सुन्दरताका कारण नोमिकाले अहिले नै धेरैको ध्यान खिच्न थालेकी छिन् । फिल्मी परिवारमा जन्मिएकी उनी भविष्यमा बलिउडमा प्रवेश गर्छिन् वा फरक बाटो रोज्छिन् भन्ने चासो पनि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?