+
+
Shares

कांग्रेसले भन्यो- वैधानिकतामाथिको प्रश्न षड्यन्त्र र सुनियोजित दुष्प्रचार हो

महामन्त्री प्रदीप पौडेलले बुधबार विज्ञप्ति जारी गरेर महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउने प्रयासलाई षड्यन्त्र र सुनियोजित दुष्प्रचारको संज्ञा दिँदै खारेज गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १८:२३

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको विशेष महाधिवेशन र १५औं महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउने प्रयासलाई षड्यन्त्र र सुनियोजित दुष्प्रचारको संज्ञा दिँदै खारेज गरेको छ ।

महामन्त्री प्रदीप पौडेलले बुधबार विज्ञप्ति जारी गरेर महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउने प्रयासलाई षड्यन्त्र र सुनियोजित दुष्प्रचारको संज्ञा दिँदै खारेज गरेका हुन् ।

‘नेपालको संविधान, प्रचलित कानून र विधानअनुसार लोकतान्त्रिक प्रक्रियाबाट भएको महाधिवेशनमाथि गरिएको श्रृङ्खलाबद्ध षड्यन्त्रमार्फत नेपाली कांग्रेसका आमसदस्य र लाखौं शुभेच्छुक सबैको मानमर्दन गर्न खोज्ने यस्तो दुष्प्रचारले आम सदस्य र शुभेच्छुकको विश्वासलाई आघात पु¥याउन सक्दैन,’ कांग्रेसले भनेको छ ।

कांग्रेसले लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न महाधिवेशनमाथि श्रृङ्खलाबद्ध षड्यन्त्र भइरहेको आरोप लगाउँदै ‘भय र भ्रमको शासन’ बन्द गर्न पनि भनेको छ । पार्टी र नेतृत्वविरुद्ध आधारहीन तथा कपोलकल्पित विषयहरू उठाएर कृत्रिम भाष्य निर्माण गर्न खोजिएको कांग्रेसको दाबी छ ।

‘आधारहीन तथा कपोलकल्पित विषयहरू नेपाली कांग्रेस र कांग्रेसको नेतृत्वविरुद्ध रचेको कृत्रिम भाष्य, प्रतिपक्षको प्रश्न र आवाजलाई दबाबमा राख्न सकिन्छ कि भन्ने सोच र षड्यन्त्रका साथ निर्मित भएका हुन् भन्नेमा हामी प्रष्ट छौं,’ महामन्त्री पौडेलले भनेका छन् ।

कांग्रेसले महाधिवेशनको स्पष्ट नीतिअनुसार प्रतिपक्षीय निगरानीमार्फत सरकारका गलत क्रियाकलापमा प्रश्न गर्दा अत्तालिएको सरकार संरक्षित गिरोहले आफ्ना गल्ती ढाकछोप र विषयान्तर गर्न बुनेका षड्यन्त्रमा नपरी जनसरोकार, विधिको शासन र नागरिक स्वतन्त्रताका पक्षमा दृढ रहन पार्टी पङ्क्तिलाई अपिल पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?