१८, कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले वैधानिकताको विषयमा उठेको आरोपको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गर्न माग गरेको छ ।
केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको विशेष बैठकमार्फत कांग्रेसले वैधानिकताको विषयमा लगाइएको आरोपको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गर्न माग गरेको हो ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विशेष बैठकले वैधानिकताको सन्दर्भमा लगाइएका आरोपहरूको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गर्न माग गरेको जानकारी दिए ।
‘विशेष बैठक बसेर जे–जति प्रसंग भएका छन्, उठेका छन् । ती सबै घटनाहरूको विषयको स्वतन्त्र निष्पक्ष विधिसम्मत र विशवसनीय अुनसन्धान गर्न । देशले सुनोस् । सरकारले सुनोस् । मिडियामार्फत जाओस् । सामाजिक सञ्जाल चलाउनेहरूले सुनिदिुनस् । हामीलाई समर्थन गर्नेले सुनिदिनुस्,’ उनले भने, ‘हामीलाई आलोचना गर्नेले सुनिदिनुस्- कांग्रेस आफ्नो वैधानिकताको सन्दर्भमा भएका, लगाइएका आरोपहरू नियोजित ढंगले प्रस्तुत गरिएका धारणाको सन्दर्भमा स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गर्नका लागि माग गर्दछ ।’
कांग्रेस आफूमाथि उठ्ने, आफ्नो नेतृत्वको बारेमा उठ्ने उठाइने प्रत्येक प्रश्नहरूलाई सामना गर्न र जस्तोसुकै छानबिन गर्नका लागि तयार रहेको शर्माले जिकिर गरे ।
षडयन्त्रहरू चिर्नका लागि कांग्रेस तयार रहेको भन्दै उनले षडयन्त्रमा संलग्न पात्रहरू समयक्रममा उजागर भइरहेका र हुँदै जाने पनि बताए ।
‘हाम्रा वैधानिकताको सन्दर्भमा हामी प्रति लगाइएको आरोपको सन्दर्भमा तथाकथित अडियो बयान, प्रचारहरू निराधार, कपोकल्पित र नियोजित छन्,’ शर्माले भने, ‘यस्तो षडयन्त्रको पछाडिको उदेश्य, वद्नियत र संलग्न पात्रहरू समयक्रममा उजागर भइरहेका छन् । हुँदै जाने छन् ।’
प्रहरी हिरासतमा रहेका विचौलिया इनम सापकोटाको मोबाइल प्रधानमन्त्री वालेन शाह ‘बालेन्द्र’ का सल्लाहकार कुमार बेन कहाँ पुगेको भन्दै सञ्चारमाध्यममा प्रकाशित समाचार पनि उन स्मरण गरे ।
‘एक जना विचौलियाको मोबाइल प्रहरीले कब्जा गरिसकेपछाडि प्रधानमन्त्रीको सल्लाहकारकोमा पुगेको भनेर तपाईहरूले समाचार लेख्नुभएको छ,’ वरिष्ठ उपसभापति शर्माले प्रश्न गरे, ‘किन पुग्यो ? त्यो अवधिमा त्यहाँ के भयो ? त्यहाँ त्यस्तो कुन तथ्य मेटाउनु थियो ? यो कुन विधि, कुन पद्दति र कुन मर्यादाबमोजिमको अनुसन्धान प्रक्रिया हो ?’
उनले सुनकोशी मरिन डाइभर्सनका कर्मचारी हटाइएको प्रति पनि आपत्ति जनाए ।
‘सुनकोशी मरिन डाइभर्सनको ठेक्का प्रकरणमा सम्बन्धित कर्मचारी हटाइयो । हाम्रो प्रतिपक्षी दलका नेताले भन्नुभयो कि यातना गृह भनेजस्तै आज प्रधानमन्त्री कार्यालयलाई श्रम शिविर बनाइएको हो ? देशको प्रधानमन्त्री कार्यालय श्रम शिविर हो ?,’ प्रश्न गर्दै शर्माले भने, ‘अहिलेको विषयलाई नेपाली कांग्रेसले अत्यन्त गम्भीरतापूर्वक लिइरहेको छ ।’
प्रतिक्रिया 4