News Summary
Generated by OK AI. Editorially reviewed.- मुम्बईमा टाइगर श्रफमाथि गोली प्रहार गर्ने तीन आरोपितले सलमान खानको ग्यालेक्सी अपार्टमेन्टको रेकी गरेर सुरक्षा देखेपछि योजना परिवर्तन गरेका थिए ।
- अक्टोबर १८ मा जुहु क्षेत्रमा टाइगरको गाडीमाथि पाँच राउन्ड गोली प्रहार भएको थियो र यसको जिम्मेवारी लरेन्स बिश्नोई गिरोहले लिएको बताइएको छ ।
- सलमान खान र लरेन्स बिश्नोईबीच कालो हरिण सिकारसम्बन्धी विवाद लामो समयदेखि चलिरहेको छ ।
- १४ अप्रिल २०२४ मा पनि बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्टबाहिर गोली प्रहार भएको थियो, जसपछि सलमानको सुरक्षा कडा बनाइएको थियो ।
बलिउड अभिनेता टाइगर श्रफमाथि भएको गोली प्रहारको घटनामा नयाँ खुलासा भएको छ । टाइगरमाथि गोली चलाउने आरोपितहरूले मुम्बई पुगेपछि अभिनेता सलमान खानको घर ‘ग्यालेक्सी अपार्टमेन्ट’को रेकी गरेका थिए । तर, सलमानको घरबाहिर कडा सुरक्षा व्यवस्था देखेपछि उनीहरूले आफ्नो योजना परिवर्तन गरेको स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ ।
सलमानलाई छाडेर टाइगरलाई बनाए निशाना
समाचारअनुसार, टाइगरमाथि गोली प्रहार गर्ने घटनामा संलग्न तीन आरोपितले सलमान खानको घरमा रेकी गरेका थिए । घरबाहिर ठूलो सङ्ख्यामा प्रहरी तैनाथ रहेको देखेपछि उनीहरूले सलमानमाथि आक्रमण गर्ने योजना त्यागेको बताइएको छ। त्यसपछि उनीहरूको निशाना टाइगर श्रफ बनेको समाचारमा उल्लेख छ ।
अक्टोबर १८ मा मुम्बईको जुहु क्षेत्रमा टाइगरको गाडीमाथि पाँच राउन्ड गोली प्रहार गरिएको थियो । यस घटनाको जिम्मेवारी लरेन्स बिश्नोई गिरोहले लिएको बताइएको छ । सलमान खानसँग टाइगरले काम गरेको कुरा गिरोहलाई मन नपरेका कारण उनीमाथि आक्रमण गरिएको दाबी पनि समाचारमा गरिएको छ ।
सलमान र लरेन्स बिश्नोईबीच पुरानो विवाद
सलमान खान र लरेन्स बिश्नोईबीच कालो हरिणको सिकारसम्बन्धी विवाद लामो समयदेखि चलिरहेको छ । बिश्नोईले सलमानलाई बिश्नोई समुदायसँग माफी माग्नुपर्ने माग गर्दै आएको समाचारमा उल्लेख छ ।
यसअघि १४ अप्रिल २०२४ मा सलमानको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्टबाहिर पनि गोली प्रहार भएको थियो । मोटरसाइकलमा आएका दुई व्यक्तिले उनको घरको बाल्कनी र भित्तामा गोली चलाएका थिए। उक्त घटनाको जिम्मेवारी पनि बिश्नोई गिरोहले लिएको बताइएको थियो ।
त्यस घटनापछि सलमानको सुरक्षा व्यवस्था थप कडा बनाइएको थियो। अहिले टाइगरमाथि भएको गोली प्रहारको घटनापछि पनि सलमानको सुरक्षालाई प्राथमिकता दिइएको छ ।
प्रतिक्रिया 4