News Summary
Generated by OK AI. Editorially reviewed.- ‘कफी विथ करण–९’ को दोस्रो एपिसोड प्रोमोमा विजय देवरकोंडा र रश्मिका मन्दानाले आफ्नो प्रेमसम्बन्ध र विवाहबारे खुलासा गरेका छन् ।
- विजयले रश्मिकाले आफूलाई विवाहका लागि करिब सय पटक सोधेको बताए भने रश्मिकाले एक वर्षसम्म मनाएको बताइन् ।
- प्रोमोमा रश्मिकाले अल्लु अर्जुनसँग काम गर्न रमाइलो लागेको बताइन् भने विजयले पत्नीको कुरामा सहमत हुनु विवाहको पहिलो नियम भनेका छन् ।
बलिउड निर्माता तथा निर्देशक करण जोहरको चर्चित सेलिब्रिटी च्याट शो ‘कफी विथ करण–९’ को दोस्रो एपिसोडको प्रोमो सार्वजनिक भएको छ । यस एपिसोडमा वास्तविक जीवनका जोडी दक्षिण भारतीय अभिनेता विजय देवरकोंडा र अभिनेत्री रश्मिका मन्दाना सँगै देखिनेछन् । प्रोमोमा दुवैले आफ्नो प्रेमसम्बन्ध र वैवाहिक जीवनबारे केही रोचक खुलासा गरेका छन् ।
विवाहका लागि को पहिले पछि लाग्यो ?
कार्यक्रममा करणले विजय र रश्मिकालाई विवाहका लागि कसले पहिले पहल गरेको थियो भनेर सोधेका छन् । जवाफमा विजयले हाँस्दै रश्मिकाले नै आफूलाई विवाह गरौँ भनेर पटक–पटक सोधेको बताए । उनका अनुसार, रश्मिकाले करिब सय पटक यस्तो प्रश्न गरेकी थिइन् ।
विजयको जवाफपछि रश्मिकाले आफू लगभग एक वर्षसम्म विजयलाई विवाहका लागि मनाउन पछि लागेको बताइन् । उनीहरूको यो संवादले कार्यक्रमको प्रोमोमा रोचक माहोल सिर्जना गरेको छ ।
अल्लु अर्जुन कि रणबीर कपूर ?
कार्यक्रममा करणले रश्मिकालाई अल्लु अर्जुन र रणबीर कपूरमध्ये कससँग काम गर्दा बढी रमाइलो लागेको थियो भनेर सोधेका छन् । रश्मिकाले दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको नाम लिएकी छन् ।
त्यसैगरी, करणले विजयलाई रश्मिकाबाहेक अरू कुन अभिनेत्रीको जोडी पर्दामा राम्रो देखिन्छ भनेर सोध्दा रश्मिकाले ‘कोही पनि होइन’ भन्दै जवाफ दिएकी छन् । त्यसपछि विजयले ठट्टा गर्दै विवाहको पहिलो नियम भनेकै आफ्नी पत्नीको कुरामा सहमत हुनु रहेको बताएका छन् ।
कार्यक्रमको यो एपिसोड आगामी बुधबार प्रसारण हुने जनाइएको छ ।
फेब्रुअरीमा विवाह गरेका थिए विजय र रश्मिकाले
दक्षिण भारतीय चलचित्रका चर्चित कलाकार विजय देवरकोंडा र रश्मिका मन्दानाले सन् २०२६ फेब्रुअरी २६ मा विवाह गरेका थिए । उनीहरूको विवाह समारोह भारतको राजस्थानस्थित उदयपुरमा निजी रूपमा सम्पन्न भएको थियो ।
समाचारअनुसार, बिहान तेलुगु परम्पराअनुसार विवाह गरिएको थियो भने साँझ रश्मिकाको पारिवारिक पृष्ठभूमिसँग जोडिएको कोडवा परम्परा पनि अपनाइएको थियो । विवाहमा रश्मिकाले फेसन डिजाइनर अनामिका खन्नाले तयार पारेको साडी लगाएकी थिइन् भने विजय परम्परागत धोतीमा देखिएका थिए ।
पहिलो एपिसोडमा सलमान खान
‘कफी विथ करण–९’ को पहिलो एपिसोडमा अभिनेता सलमान खान सहभागी भएका थिए । कार्यक्रममा उनले चलचित्र क्षेत्रका पुराना अनुभव सुनाउनुका साथै आफ्नो निजी जीवन, विवाह र पिता बन्ने इच्छाबारे पनि कुराकानी गरेका थिए । उक्त एपिसोडमा अभिनेत्री करिश्मा कपूर पनि उपस्थित थिइन् ।
प्रतिक्रिया 4