+
+

राष्ट्रपतिलाई ल्हासामा ‘हाई अल्टिच्युड’ को समस्या, स्वास्थ्यका कारण भ्रमण छोट्याइयो

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १८ गते ९:३४
Photo Credit : RSS

१८ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा अचानक समस्या देखिएपछि चीनको राजकीय भ्रमण एक दिन छोट्याएर स्वदेश फर्किएकी छन् । बेइजिङको महत्वपूर्ण भेटघाट सकेर ल्हासा हुँदै फर्किने क्रममा राष्ट्रपतिको स्वास्थ्यमा समस्या देखिएको हो ।

चीनको स्वशासित क्षेत्र तिब्बको राजधानी ल्हासामा पुगेपछि राष्ट्रपतिमा ‘हाई अल्टिच्युड’का कारण समस्या देखिएको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए । समुद्री सतहबाट ११ हजार ९७५ (३६५९) मिटरमा अवस्थित ल्हासामा तल्लो सतहबाट सीधै जाँदा धेरैलाई हाइ अल्टिच्युड हुने गर्छ ।

राष्ट्रपतिले तिब्बतमा महत्वपूर्ण भेटघाट भने मंगलवार नै गरिसकेको अधिकारीले बताए । राष्ट्रपतिलाई त्यहाँ तिब्बतका उच्च पदस्थ अधिकारी र कम्युनिस्ट पार्टीका नेताहरुले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?