+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

यो साता फाइनान्स ११ प्रतिशत घट्यो, यी हुन् मूल्य धेरै बढेका कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ४ गते १७:२३

४ असोज, काठमाडौं । यो साता पनि सेयर बजारमा ठूलै गिरावट देखियो । गत साता २६८८ अंकमा रहेको बजार यो साता २५७६ अंकमा झर्‍यो ।

तीन दिन मात्रै कारोबार हुँदा पनि यो साता बजार ४.१६ प्रतिशत अर्थात् ११२ अंक घट्यो । जबकि गत साता जम्मा १.४ प्रतिशत घटेको थियो । यो साता मंगलबार काठमाडौं उपत्यकामा र बिहीबार देशभर सार्वजनिक विदा भएकाले कारोबार भएन । पहिलो दिन आइतबार नेप्से परिसूचक ५०.७३ अंक घट्यो । सोमबार ५७.०३ र बुधबार ४ अंक घट्यो ।

बजार घट्दै जाँदा कारोबार रकम पनि घट्दै गएको छ । आइतबार १० अर्ब ३३ करोडको कारोबार भएकोमा सोमबार ७ अर्ब ३६ करोडको कारोबार भयो । बुधबार ५ अर्ब ६६ करोडमा खुम्चियो । कारोबार रकम घट्नुले आत्तिएर सेयर बिक्री गर्न लगानीकर्ता तयार नभएको जनाउँछ ।

बजारको अंक र कारोबार रकम घटिरहेपछि बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेप्सेमै पुगेर बजार घट्नुका कारणबारे जिज्ञासा राख्दै नेप्सेका पदाधिकारीहरुसँग परामर्श गरे ।

यो साता सबै समूहगत सूचक घटे ।  बैंकिङ सबैभन्दा न्यून १.७४ प्रतिशत मात्रै घट्यो । समग्र बजारलाई बैंकिङ सेक्टरले  धेरै प्रभाव पार्ने भएकाले यो समूह बढ्नेवित्तिकै समग्र बजारलाई सकारात्मक प्रभाव पर्न जानेछ ।

नेप्सेको तुलनामा कम घटेका समूहमा बैंकिङ, हाइड्रोपावर र निर्जीवन बीमा समूह मात्रै रहे । नेप्सेभन्दा उच्च दरमा घटेका समूहमा फाइनान्स, विकास बैंक, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादन, माइक्रोफाइनान्स, व्यापार, लगानी र अन्य समूह छन् ।

फाइनान्समा उच्च गिरावट
गत साता जीवन बीमा समूह सबैभन्दा धेरै घटेकोमा यो साता फाइनान्स समूह पर्‍यो । फाइनान्स समूह तीन दिनमै ११.४७ प्रतिशत घट्यो । यसअघि बढ्दो बजारमा फाइनान्स समूहको वृद्धि उच्च थियो ।

बजारमा कुल १५ फाइनान्स कम्पनी सूचीकृत छन् । यीमध्ये अधिकांश कम्पनीले यो वर्ष लगानीकर्तालाई लाभांश पनि दिन नसक्ने स्थिति छ । ‘लोक्याप’ प्रभावले मूल्य भने धेरैको उच्च छ । जसले गर्दा फाइनान्स कम्पनीहरुमा बिक्री चाप बढेको देखियो । कम्पनीहरूले लाभांश घोषणा गरिरहेकाले यतिबेला लाभांशलाई पनि लगानीकर्ताले प्राथमिकता दिएको देखिन्छ ।

यो साता धेरै मूल्य घटेका कम्पनीमा पनि फाइनान्स अगाडि रहे । यो साता मूल्य धेरै घटेका १० कम्पनीमा चार वटा त फाइनान्स कम्पनी मात्रै छन् । गुडविल, नेपाल, समृद्धि र मल्टिपर्पस फाइनान्स यो साता मूल्य धेरै घटेका १० कम्पनीभित्र परे ।

उच्च कारोबार
यो साता पनि रकमका आधारमा हाइड्रोपावर सेक्टरको सबैभन्दा धेरै कारोबार भयो । रकमका आधारमा उच्च कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, सीईडीबी हाइड्रोपावर, अपी पावर, नागरिक लगानी कोष, अरुणभ्याली हाइड्रोपावर, गुडविल फाइनान्स, एचआईडीसीएल, अरुणकाबेली पावर, हिमाल दोलखा हाइड्रोपावर लगायत कम्पनी अगाडि रहे ।

सेयर संख्याका आधारमा धेरै कारोबार भएका कम्पनीमा सीईडीबी हाइड्रोपावर, अरुण काबेली पावर, नागरिक लगानी कोष, सिटिजन्स लाइफ इनस्योरेन्स, कृषि विकास बैंक, हिमाल दोलखा हाइड्रोपावर, अरुणभ्याली हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स लगायत कम्पनी अगाडि रहे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?