
भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’को बुकिङ बुधबारदेखि खुलेको छ । मल्टिप्लेक्समा चलचित्रलाई हलिउड चलचित्र ‘एभेन्जर्स दि इन्डगेम’ले असर गर्ने धेरैको विश्लेषण थियो । तर, शोजमा चलचित्रलाई हलिउड चलचित्रको असर ठूलो देखिएको छैन ।
काठमाण्डौको क्यूएफएक्स चेनले यो चलचित्रलाई २० शोज दिएको छ । काठमाण्डौ बाहिर पनि चलचित्रले राम्रो शोज पाएको छ । यस्तै, अन्य मल्टिप्लेक्सहरु बीग मुभिज, बीएसआर, एफक्यूब, क्यूज लगायतका हलमा पनि चलचित्रले राम्रो शोज पाएको छ ।
मल्टिस्टारर यो चलचित्रले मल्टिप्लेक्स र सिंगल दुबैमा सुखद कमाई गर्ने अपेक्षा गर्न सकिन्छ । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, किरण केसी, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, शिवहरि पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।
कमेडी जनराको यो चलचित्रको ‘भिजिट भिसा’मा बोलको गीत चर्चामा छ । ‘शत्रु गते’ निर्माण गरेको मह संचार र किरण केसीको टिमप्रति दर्शकको विश्वास छ । यो विश्वासलाई ‘दाल भात तरकारी’ले कायम राख्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4