
२० वैशाख, काठमाडौं । सरकारले नवलपरासीको धौवादीमा फेला परेको फलाम खानीमा आगामी आथिर्क वर्षबाटै व्यवसायिक उत्पादन थाल्ने भएको छ । सरकारका तर्फबाट संसदमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी आवको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।
सरकारले आगामी वर्षभित्र नेपालका पेट्रो तथा सुन खानीको अध्ध्यन सुरु गरेर उत्खन्न सुरु गर्ने घोषणा पनि गरेको छ ।
केही वर्ष अघि नै नवलपरासीको धौवादीको १० किलोमिटर क्षेत्रमा फलाम खानी फेला परिसकेको छ ।
पहिलो चरणमा गरिएको अध्ययनमा त्यहाँ दुई करोड टनको फलाम खानी रहेको पुष्टि भइसकेको छ । नवलपरासीको पूर्वमा धौवादी र पश्चिममा देउराली गाविसको नाम्जाकोट हुँदै दक्षिणमा रुम्से र उत्तरमा नरमको ल्हापेसम्म फलाम खानी छ ।
वि.सं. ०६८ सालमा कोइलाखानीका लागि आएको खानी तथा भूगर्भ विभागको टोलीले कोइलाखानी अध्ययन गर्न आउँदा फलाम खानी पत्ता लगाएको थियो । त्यसको चार वर्षपछि मात्रै सरकारले यसको औपचारिक अध्ययन अघि बढाएको थियो ।
अध्ययनमा त्यहाँको कच्चा पदार्थमा ५८ प्रतिशतसम्म फलाम निकाल्ने तत्व भेटिएको थियो । फलाम खानीका लागि ६० प्रतिशत हेमटाइडवेर उत्तम र ३० देखि ६० प्रतिशत मुनि मध्यमखालको मानिन्छ ।
धौवादीको खानीमा च्यानल ग्याप कम रहेको भित्रैसम्म भित्रैसम्म फलाम भेटिएको पुष्टी गतवर्ष नै भएको थियो ।
अहिलेको अध्ययनले भने त्यहाँबाट कतिवर्षसम्म कुन परिमाणमा फलाम उत्खनन् हुनसक्छ भन्ने पत्ता लाग्ने महानिर्देशक घिमिरेले बताए । गतवर्ष धौवादी ३ पोखरीको क्षेत्रलाई केन्द्रविन्दु बनाएर अध्ययन गरिएको थियो ।
उक्त क्षेत्र पूर्व(पश्चिम राजमार्गको कावासोती नगरपालिका–१६, डण्डा र मध्यविन्दु नगरपालिका चोरमाराबाट १३ किलोमिटर उत्तरतर्फ पर्छ ।
यो खानीको ६ वटा ब्लकमा २ सयवटा सेक्सन विभाजन गरेर अध्ययन भएको छ । स्थानीयले खानी उत्खनन तत्काल थाल्न माग गर्दै आएका छन् ।
प्रतिक्रिया 4