+
+

दीपिकाको सिउँदोमा दिवाकरको सिन्दुर

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २४ गते १७:५४

नायिका दीपिका प्रसाँई र निर्देशक दिवाकर भट्टराई बैबाहिक जीवनमा बाँधिएका छन् । आज उनीहरुले धनगढीमा बिहे गरेका हुन् । सिन्धुली घर भएका दिवाकर दीपिकालाई लिनका लागि उनको घर धनगढी नै पुगेका थिए । दीपिका र दिवाकर केही बर्षदेखि प्रेममा थिए । गतबर्ष उनीहरुले आफूहरु प्रेममा रहेको र कोर्ट म्यारिज समेत गरिसकेको खुलाएका थिए ।

तर, उनीहरुले पारिवारिक माहोलमा बैबाहिक जीवनमा बाँधिने बताउँदै आएका थिए । बैबाहिक समारोहमा कम मात्र फिल्मीकर्मी उपस्थित थिए । छायांकार सुदिप बराल, कलाकार प्रशान्त ताम्राकार लगायत बिहेमा उपस्थित थिए ।
चलचित्र ‘ऐश्वर्य’मा काम गर्नु अगाडि नै उनीहरुको प्रेम थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?