+
+

प्रभु बैंकको नयाँ शाखा काठमाडौंको ढुंगेधारामा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३० गते २०:३६

३० वैशाख,काठमाडौं । प्रभु बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित ढुंगेधारामा शाखा विस्तार गरेको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले शाखाको उद्घाटन गरे । शाखा विस्तारसँगै ढुंगेधाराबासीले आफ्नै घर, आँगनबाट विना झन्झट प्रभु बैंकको बैंकिङ सेवा सहज रुपमा उपभोग गर्नसक्ने अवसर प्राप्त भएको श्रेष्ठले बताए । बैंकका सञ्चालक समितिका अध्यक्ष देवि प्रकाश भट्टचनको अध्यक्षतामा शाखा विस्तार गरिएको हो ।

कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवीलगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

शाखा विस्तारसँगै ढुंगेधारा क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?