
कान्स फिल्म फेस्टिभलमा हलिउडकी सुन्दरी सेलेना गोमेजको सेतो रंगको पहिरन विशेष आकर्षणमा रहेको छ । सेलेनाले अभिनय गरेको चलचित्र ‘दि डेड डन्ट डाइ’को प्रिमियरमा उनी आफ्ना सहकर्मीहरुको साथमा पुगेकी थिइन् । मंगलबारदेखि सुरु भएको कान्स फिल्म फेस्टिभलमा २६ बर्षिय सुन्दरीको स्टाइल र आत्मविश्वास गज्जबको थियो ।
स्टाइलिस्ट पहिरनमा पुगेकी सेलेनाको हिराको रिङ पनि ध्यान खिच्न सफल भयो । लामो समय प्रेम सम्बन्धमा रहेर अहिले सिंगल रहेकी सुन्दरीले चलचित्रबाट पाएको प्रतिक्रियाले उत्साहित भएको प्रतिक्रिया मिडियालाई दिएकी छिन् ।
यस्तै, चलचित्रको प्रिमियरपछि आयोजित डिनरमा पनि उनी सहभागी भएकी थिइन् । उनले डिनरमा पनि सेतो रंगकै पहिरन लगाएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4