+
+

‘थम्स् अप’ राजेश हमालको सिग्नेचर पोज ?

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २४ गते ७:३५

महानायक राजेश हमाल अहिले चलचित्रको पर्दाबाट टाढा छन् । उनले अभिनय गरेको चलचित्रहरु लगतार असफल भएपछि उनले विश्राम लिएका हुन् । अहिले राजेश रिलमा भन्दा पनि रियल लाइफमा रमाइरहेका छन् ।

महानायक हमाल सामाजिक संजाल ‘इन्स्टाग्राम’मा निकै सकि्रय छन् । उनले त्यहाँ दैनिक जसो आफ्नो नयाँ नयाँ तस्वीरहरु सार्वजनिक गरिरहेका हुन्छन् । उनले सार्वजनिक गर्ने तस्वीरहरुमा उनको दैनिकी देखिन्छ ।

तर, उनले सार्वजनिक गरेको तस्वीरहरु हेर्ने हो भने प्राय एउटै पोज देखिन्छ । उनी प्रायस् फोटोमा ‘थम्स् अप’ गर्छन् । सिंगल फोटोदेखि आफ्नो परिवार वा शुभचिन्तकसँग फोट खिच्नु परे पनि उनको थम्स् अप नै हुन्छ ।

उनले सार्वजनिक गरेका तस्वीर हेरेर भन्न सकिन्छ कि, ‘थम्स् अप राजेश हमालको सिग्नेचर फोटो पोज हो ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?