
२७ जेठ, बुटवल । कपिलवस्तुमा श्रीमानको इँटा प्रहारबाट श्रीमतीको ज्यान गएको छ ।
जिल्लाको बाणगंगा नगरपालिका–१, बुँचीका अगमन चौधरीले इँटा प्रहार गरेर श्रीमती गीताको ज्यान लिएका हुन् ।
श्रीमानले टाउको र छातीमा प्रहार गरेको इँटा लागेर गम्भीर घाइते गीताको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा आइतबार साँझ ज्यान गएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका डीएसपी देवेन्द्र पाण्डेले जानकारी दिए ।
डीएसपी पाण्डेका अनुसार, चौधरीले मदिरा सेवन गरेर श्रीमतीमाथि इँटा प्रहार गरेको खुलेको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय, पिपराले अगमनलाई नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4