+
+

थानकोटसम्म पुनः सेवा थाल्ने साझा यातायातको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २७ गते ११:२५

२७ जेठ, काठमाडौं । साझा यातायातले किनेका थप २० वटा बस मुख्य रुपमा काठमाडौंमा हाल चलिरहकै रुटमा थपिने भएका छन् । केही बसलाई थानकोटसम्म चलाउन प्रस्ताव गरिएको छ ।

साझा यातायातसहित काठमाडौं तथा ललितपुर महानगर महानगरपालिकाको लगानीमा नयाँ बस ल्याएको छ ।

यी बस किन्न काठमाडौं महानगरपालिकाले साझालाई नयाँ बस किन्ने गरी ५ करोड रुपैयाँ दिएको थियो । ललितपुर महानगरपालिकाले पनि एक करोड सेयर लगानी गरेको छ ।

नयाँ बस केही हप्ताभित्रै काठमाडौंमा चल्न सुरु गर्ने साझा यातायातले जनाएको छ । साझाका कार्यकारी निर्देशक भुषण तुलाधरले अब रुट लिने प्रक्रिया अघि बढेको बताए ।

‘कहाँ-कहाँ चलाउने भनेर अन्तिम निर्णय भएको छैन, पहिले सेवा सुरु गरेर पनि बाटोको दुरावस्थाका कारण थानकोटमा सेवा दिन बन्द गरेका थियौं,’ उनले भने,’थानकोटसम्म फेरि सेवा विस्तार गर्न प्रस्ताव गरेका छौं ।’

साझाका अनुसार काठमाडौंको सहरी यातायात व्यवस्थित बनाउनका लागि ठूला बसको आवश्यकता महसुस भएकाले थप २० ठूला बस ल्याएको हो ।

कार्यकारी निर्देशक तुलाधरले हाल चलिरहेकै रुटमा बस थप्न प्राथमिकता दिने बताए । आवश्यक देखिए केही नयाँ रुटमा पनि सेवा थाल्ने उनको भनाइ छ ।

यी बस पनि अन्तर्राष्ट्रट्रय युरो-४ मापदण्ड अनुरुपका सबै बस अपांगमैत्री भएको साझाले जनाएको छ । जम्मा ४० सिट रहने उक्त बस शारीरिक रुपमा अशक्त रहेका व्यक्तिका लागि बसको पछिल्तिरको ढोकाबाट हि्वलचेयरसमेत राख्न र निकाल्न मिल्ने गरी निर्माण गरिएको छ । बस आपूर्तिको सबै जिम्मा भारतीय कम्पनी अशोक ले-ल्यान्डले पाएको थियो ।

हाल ल्याइएका बस यसअघिका बसभन्दा केही छोटो छन् । यसअघि ११ मिटरको बस ल्याइरहेको साझाले यसपटक ९ मिटरको बस ल्याएको छ ।

लामो समय बन्द रहेर २०७० साल वैशाखदेखि पुनः सञ्चालनमा आएको साझा यातायातले निकट भविष्यमा नै विद्युतीय बस पनि ल्याउने योजना बनाएको छ । यो वर्ष काठमाडौं महानगरपालिकाले साझामार्फत १० करोड खर्चे विद्युतीय बस ल्याउने योजना बनाएको छ ।

यस्तै ३ नम्बर प्रदेशको सरकारले साझा यातायातसँग ३० करोड रुपैयाँ बराबरको शेयर किन्ने तय भइसकेको छ । यो रकमबाट साझाले प्रदेशका पाँच शहरमा विद्युतीय बस चलाउनेछ ।

प्रदेश ३ को सरकारले २०८५ सालभित्र प्रदेशका पाँच वटा सहरमा पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधन विस्थापित गर्ने नीति लिएको छ ।

यही नीति कार्यान्वयन गर्न चालू आवमा साझाबाटै शेयर खरिद गर्न लागिएको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?