
२७ जेठ, काठमाडौं । सांगि्रला डेभलपमेन्ट बैंक लिमिटेडले ‘बचत पनि विमा पनि’ नयाँ बचत खाता संचालनमा ल्याएको छ । यस अन्तगर्तत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा -रजत) तथा जीवन सुरक्षा (स्वर्णीम) गरी थप ३ वटा नयाँ बचत खाताहरु रहेका छन् ।
ती खाताहरु खोल्नेहरुलाई जम्मा रु. १६ लाख सम्मको विमाको व्यवस्था गरिएको छ जुन खाताको प्रकृति हेरी दुर्घटना विमा, औषधि उपचार विमा तथा घाटक रोगको उपचार वीमा सम्बन्धी सुविधाहरु रहेका छन् ।
खाता खोल्दा ग्राहक महानुभावहरुले मासिक ७ प्रतिशत ब्याज प्राप्त गर्न सकिनेछ भने न्यूनतम मौज्दात रु ५ हजार, रु १५ हजार, तथा रु.२५ हजार रहेका छन् ।
यो खाता खोल्ने ग्राहक महानुभावहरुले लकर सुविधामा विषेश छुट, निशुल्क एबीबीएस तथा एटिएम भिसा कार्ड, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङमा १ वर्षको लागि निशुल्क सुविधा प्राप्त गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4