
६ असार, काठमाडौं । विश्वकप क्रिकेटमा आयोजक इंग्ल्यान्डविरुद्ध श्रीलंकाले २३३ रनको चुनौती दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३२ रन बनाएको हो । खराब सुरुवात गरेको श्रीलंकाको मध्यम स्कोर बनाउन एन्जेलो मेथ्युजले अविजित ८५ रन बनाए । त्यस्तै, अविस्का फर्नान्डोले ४९, कुशल मेन्डिसले ४६ र धनन्जय डे सिल्भाले भने २९ रन बनाएर आउट भए ।
१.६ ओभरमा आफ्नो पहिलो विकेटको रुपमा कप्तान दिमुथ करुनरत्नेलाई एक रनमा गुमाएको श्रीलंकाले २.२ ओभरमा कुशल परेरालाई गुमाएको थियो । परेरा दुई रनमा आउट भएसँगै श्रीलंका दबाबमा आएको थियो ।
यता, जोफ्रा आर्चर र मार्क वोडले समान ३–३ विकेट लिदा आदिल राशिदले भने दुई विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4