+
+

भुटानमा लन टेनिस : कमल थापाले हराए दोर्जेलाई

एवन र अशलेषा पनि पहिलो खेलमा विजयी एवन र अशलेषा पनि पहिलो खेलमा विजयी
२०७६ असार १७ गते १९:३२

१७ असार, काठमाडौं । भुटानमा चलिरहेको पाँचौं भारत–भुटान मैत्री लन टेनिस प्रतियोगितामा नेपालका कमल थापाले भुटानका टासी दोर्जेलाई हराएका छन् ।

४५ वर्ष माथिका खेलाडी थापाले दोर्जेलाई ७–५, ७–६ को सेटमा पराजित गरेका हुन् ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका ७२ खेलाडी सहभागी छन् । जसमा पुरुष सिंगल्स, महिला सिंगल्स, ४५ प्लस समूह भेट्रान्स खेलाडी सहभागी छन् ।

नेपालको तर्फबाट पुरुष सिंगल्समा एवन लिसानोविच, भेट्रान्समा कमल थापा र महिला सिंगल्समा अशलेषा लिसानोविचको सहभागिता रहेको छ ।

प्रतियोगितामा मंगलबार नै भएका खेलमा एवनले भुटानका जिग्मे नोर्बुलाई ६–०, ६–२ को सेटमा हराए । यस्तै अशलेषाले भुटानकै चेन्चो डेमलाई ६–०, ६–० ले पराजित गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?