
१८ असार, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले एकजना मिर्गौलाका बिरामीलाई आर्थिक सहयोग गरेको छ ।
गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तिको अवसर पारी नेविसंघले जोरपाटीस्थित मेडिकल कलेजमा उपचार गराइरहेका संखुवासभाको धर्मदेवी नगरपालिकाका ३२ वर्षीय पुष्प खत्रीलाई ५१ हजार सहयोग गरेको हो । पुष्पका दुबै मिर्गौला फेल भएका छन् ।
नेबिसंघ धनकुटा बहुमुखी क्याम्पस इकाइ सभापति करुणा कटवालको समन्वयमा संकलित रकम नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले हस्तान्तरण गरेका हुन् ।
आर्थिक सहयोग हस्तान्तरणपछि बोल्दै काफ्लेले शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको जन्मजयन्ति फरक तवरबाट मनाउने उद्धेश्यले बिरामीलाई सहयोग गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4