+
+

‘प्रदेश ५ सरकारले गोष्ठीमै सक्यो १५ दिनमा डेढ अर्ब’

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २९ गते १६:०३

२५ असार, बुटवल । प्रदेश ५ सरकारले गोष्ठीका नाउँमा १५ दिनमा डेढ अर्ब बढी रकम खर्च गरेको एकजना प्रदेशसभा सदस्यले दावी गरेका छन् ।

आइतबार बसेको प्रदेशसभा बैठकमा बिशेष समय लिएर बोल्दै प्रदेशसभा सदस्य तुलाराम घर्ती मगरले प्रदेश सरकारले असार महिनाको १५ दिनको अबधिमा डेढ अर्ब बढी रकम गोष्ठीका नाउँमा एक अर्ब ५५ करोड खर्च गरेको बताए ।

उनले गोष्ठी र सेमिनारका नाउँमा त्यति ठूलो धनराशी खर्च गर्ने परिपाटी अन्त्य गर्नुपर्ने बताए ।

समयमै ठेक्का लागेका योजनाहरुको कामसमेत ठेकदारहरुले असार महिनामा आएर मात्रै सुरु गर्ने पुरानो परम्पराका कारण योजनाहरु गुणस्तरीय नहुने र राज्यलाई घाटा लाग्ने गरेको भन्दै सत्ता पक्ष नेकपाकै प्रदेशसभा सदस्य घर्तीले प्रदेश सरकारले असारे विकासको परिपाटी अन्त्य गर्नेतर्फ कदम चाल्न माग गरे ।

सिद्धार्थ राजमार्गको बैकल्पिक सडकखण्ड बुटवलको धागो कारखाना चरङ्गे हुँदै झुम्सा चौकी भन्ज्याङ्ग सडकको काम सुस्त गतिमा भएको भन्दै प्रदेशसभा सदस्य घर्तीले जेठ महिना भित्रै काम सम्पन्न गर्ने व्यवस्था मिलाउन र समयमा काम नगर्ने ठेकदारलाई कारबाही गर्ने व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

प्रदेशसभाको अर्को बैठक यही असार ३१ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?