+
+

अभिनेत्री दीया मिर्जाको डिभोर्स

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १७ गते १२:२८

अभिनेत्री दीया मिर्जा तथा उनका श्रीमान् साहिल सांघाले आफ्नो वैवाहिक जीवन समाप्त गर्ने निर्णय गरेका छन् । यो खबर अधिकांशका लागि आश्चर्यजनक रह्यो, किनभने विवाह गरेको यत्तिका वर्षहरुका कहिले पनि यो जोडीको सम्बन्ध बिगि्रएको खबर एक पटक पनि सार्वजनिक भएको थिएन ।

दीया मिर्जा तथा साहिलले आफ्नो सामाजिक सञ्जाल एकाउन्टमार्फत वैवाहिक जीवन टुंगिएको घोषणा गरेका हुन् ।

उनीहरुले लेखेका छन्-‘११ वर्षसम्म जिन्दगी शेयर गरेपछि हामीले सहमतिमै अलग हुने निर्णय गरेका छौं । हामी भविष्यसम्म पनि असल साथी रहिरहने छौं र अहिले पनि एक-अर्कालाई पुरा सम्मान तथा प्रेम दिने छौं । हाम्रो जिन्दगीले अलग-अलग बाटो तय गरेपनि हामी एक-अर्काबीच जुन वन्धन तथा सम्बन्ध छ, त्यसका हामी सधैं आभारी रहने छौं ।’

दीया र साहिलले आफ्ना परिवारजन तथा साथीहरुलाई समेत यो अवस्थामा साथ दिएकोमा धन्यवाद भनेका छन् ।

दीया र साहिलका बीच सन् २०१४ मा अवधी रीतिरिवाज अनुसार विवाह गएको थियो । विवाह गर्नुअघि पनि उनीहरु लामो समयदेखि एक-अर्कालाई नजिकबाट चिन्दथे ।

दीयासंग विवाह गरेपछि साहिलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भनेका थिए-‘हाम्रा साथीहरु तथा परिवारका सदस्यहरुले यो दिनलाई स्मरणीय बनाउन बनाउनका लागि निकै नै मेहनत गरेका छन्, हामी दुबै सबैप्रति आभारी छौं ।’ दीया मिर्जा र साहिलको बोर्न प|mी इन्टरटेन्मेन्ट नामक प्रोडक्सन हाउस पनि छ ।

बलिउड अभिनेत्री दीया मिर्जाले फिल्म ‘रहना है तेरे दिल में’ मार्फत अभिनय यात्रा प्रँरम्भ गरेकी थिइन् । त्यसपछि उनले तुमको ना भूल पाएंगे, तुमसा नहीं देखा, दस, लगे रहो मुन्ना भाइ तथा संजू जस्ता उत्कृष्ट फिल्महरुलाई अभिनय गरेकी छिन् । केही दिनअघि मात्र उनी ‘काफिर’ शीर्षकको वेब सीरिजमा पनि देखिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?