+
+

भक्तपुरमा मोटरसाइकल र स्कुटी ठोक्किंदा १ जनाको मृत्यु, १ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ६ गते १३:१९

६ भदौ, काठमाडौं । भक्तपुरको नयाँठिमी चारदोबाटोमा मोटरसाइकल र स्कुटी एक आपसमा ठोक्किंदा शुक्रबार एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मध्यपुर ठिमी-५ कमेरेटारका २२ वर्षीय राजेश गोजा रहेका छन् । गोजाको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।

स्कुटी चालक भक्तपुर नगरपालिका-५ तौमढीका ३१ वर्षीय प्रबिण लोहला घाइते भएका छन् । उनको मध्यपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

विहान साढे १० बजेको समयमा काठमाडौं तर्फ जाँदै गरेको बा ७३ प ९७२१ नम्वरको मोटरसाइकल र कोरियन अस्पतालबाट बाटो क्रस गरी बालकोट तर्फ जाँदै गरेको बा ६७ प ६७५४ नम्वरको स्कुटी नयाँठिमी चारदोबाटोमा एक आपसमा ठोकिएर दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?