+
+

गुल्मीमा दोस्रो पटक शिविर चलाएर कर संकलन

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २१ गते ९:४६

२१ भदौ, गुल्मी । गुल्मीमा दोस्रो पटक शिविर चलाएर व्यावसायीबाट कर संकलन गरिएको छ । आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय पाल्पाको आयोजना र चेम्बर अफ कमर्शको संयोजनमा गुल्मी जिल्ला सदरमुकाम तम्घासमा शिविर सञ्चालन गरेर कर संकलन गरिएको हो ।

गुल्मी जिल्लासमेत हेर्ने गरी आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय पाल्पामा स्थापना गरिएको छ । कर बुझाउनेलगायतका विभिन्न सेवा लिन गुल्मीका व्यावसायी पाल्पा जानु पर्ने बाध्यता छ । त्यसैले उनीहरुको सहजताका लागि गुल्मीमै शिविर सञ्चालन गरिएको हो ।

शिविरको पहिलो दिन शुक्रबार झण्डै ७ सय जनाले सेवा लिएको आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय पाल्पाका प्रमुख सागर पोखरेलले बताए । शिविरमा नयाँ व्यवसाय दर्ता, प्यान नम्बर वितरण, कारोबार परिवर्तन, कारोबार बन्द जस्ता कामहरु भएको कार्यालय प्रमुख पोखरेलले बताए । शिविर शनिबार सकिने छ ।

गत साउन महिनामा पनि २ दिनसम्म जिल्ला सदरमुकाम तम्घासमा पहिलो पटक शिविर आयोजना गरेर यस्तै सेवा प्रदान गरिएको थियो । त्यतिबेला शिविरबाट एक हजार बढीले सेवा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?