+
+

कोटेश्वर चोक सरसफाइमा माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २२ गते १८:१५

२२ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल कुचो लिएर आइतबार सडकमा देखिएका छन् । काटेश्वर चोकको सडकमा पूर्वप्रधानमन्त्री नेपाल सरसफाइका लागि कुचो लिएर निस्किएका हुन् ।

कोटेश्वर व्यवसायी संघको आयोजनामा आइतबार राखिएको सरसफाइ कार्यक्रममा सहभागी हुन माधव नेपाल विहानै कोटेश्वर पुगेका थिए । व्यवसायीसँगै नेपाल पनि करिब एक घण्टा सरसफाइ कार्यक्रममा सहभागी भए ।

काटेश्वरका व्यवसायीहरुको छाता संस्थाको रुपमा रहेको संघले नियमित रुपमा कोटेश्वर सरसफाइ गर्ने गरेको छ । ‘कोटेश्वरको ब्यूटी, हामी सबैको ड्यूटी’ भन्ने अभियान नै शुरु गरेर व्यवसायीहरु सरसफाइमा जुटेको संघका अध्यक्ष सरोज थापाले जानकारी दिए ।

उनका अनुसार हरेक महिना यस सडकमा सरसफाइ आयोजना गर्ने गरिएको छ । कोटेश्वरकै वासिन्दा माधव नेपाल यस अघि पनि कोटेश्वरको सरसफाइ कार्यक्रममा जाने गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?