
Photo Credit : फाइल तस्वीर
२४ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई ज्वरोले सताएपछि डेंगुको आशंकामा रगतको जाँच गरिएको छ ।
सोमबार ज्वरो आएपछि नेता गौतमको रगत परीक्षण गरिएको र डेंगु लागेको हो कि हैन, भन्ने मंगलबार रिपोर्ट आएपछि थाहा हुने उनका निजी सहयोगीले जानकारी दिए ।
गौतमनिकट स्रोतले भन्यो, ‘ज्वरो आएकाले अहिले उहाँ घरैमा आराम गरिरहनुभएको छ, सोमबार परीक्षणका लागि दिइएको रगतको रिपोर्ट आउन बाँकी छ ।’
यसअघि कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालमा डेंगुको संक्रमण देखिएको थियो । मन्त्री खनाल ग्राण्डीमा उपचार गरेर सोमबार डिस्चार्ज भएका छन् ।
त्यस्तै डा. सन्दुक रुइतको परिवारमा पनि डेंगुको संक्रमण देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4