
८ असोज, धनगढी । कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
सोमबार साँझ गौरीगंगा नगरपालिका-९ मसुरियामा सुपप्र ०१-००१ क २४६४ नम्बरको बसले ठक्कर दिंदा सोही ठाउँ बस्ने ८४ वर्षीय हर्कबहादुर बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कवीन्द्रसिंह बोहोराले सडकमा बाटो काट्ने क्रममा बमलाई बसले ठक्कर दिएको बताए ।
बमको सोमबार राति धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी बोहोराले बताए ।
बस र चालक गौरीगंगा नगरपालिका-९ का ४५ वर्षीय नारायणबहादुर भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4