+
+
Shares

कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते ७:०२

३ वैशाख,  धनगढी । कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाकाे मृत्यु भएको छ । बुधबार राति लम्कीचुहा नगरपालिका-५ को चौरीस्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरकाे ठक्करबाट ६ वर्षीया बालिका
डिनल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चाैधरीलाई राति पाैने ९ बजेतिरघर नजिकै सडकमा खेलिरहेकी अवस्थामा ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी डिनललाई तत्काल उपचारका लागि बर्दगोरिया अस्पताल लगिएको थियो ।

उनको उपचारकै क्रममा अस्पतालमा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्याक्टर र चालक लम्कीचुहा नगरपालिका–५ कै ३७ वर्षीय राम बहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?