+
+

संविधानको भावना विपरीतका विधेयक अस्वीकार्य : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ३ गते १७:४२

३ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संविधानको भावना विपरीत ल्याएको कुनै पनि विधेयक मान्य नहुने चेतावनी दिएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले संविधानको मूलभूत सिद्धान्तमाथि दाँयाबाँया नगर्न पनि सरकारलाई सचेत गराए ।

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको भावना विपरीत सरकारले मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोगसम्बन्धी विधेयक ल्याएको उल्लेख गर्दै त्यसमा सहमति जनाउन नसकिने कुरा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भनिसकेको जानकारी दिए ।

‘मैले प्रधानमन्त्रीलाई भनेको छु, निर्बाध बोल्ने, लेख्ने संविधानले ग्यारेन्टी गरेको अधिकार पनि हनन् हुने गरी सरकारले विभिन्न विधेयकहरु ल्याएको छ,’ सभापति देउवाको भनाइ थियो, ‘त्यस्ता विधेयक ल्याएर संविधानलाई लंगडो बनाउन पाइँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?