
६ असोज, काठमाडौं । विभिन्न जिल्लाका बालिका तथा किशोरीहरूले तयार पारेका चित्रकला प्रदर्शनी काठमाडौंमा सुरु भएको छ । किशोरीहरूले आफ्ना सरोकार र समस्या चित्रण गरेर तयार पारिएको चित्रकला प्रदर्शनी ११ असोजसम्म बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
प्लान इन्टरनेशनल नेपाल र सिद्धार्थ आर्ट फाउन्डेसनद्वारा संयुक्त रुपमा आयोजित प्रदर्शनीमा एक सय ५० वटा चित्रकला राखिएका छन् । ‘आर्ट इज पावर’ शीर्षकको प्रदर्शनीमा १७ वर्षसम्मका किशोरीहरूले तयार पारेका चित्रकला राखिएका छन् ।
यो प्रदर्शनीअघि जुम्ला, बाँके, मकवानपुर, सिन्धुली र सुनसरीमा कला कार्यशाला भएका थिए । कार्यशालापछि बालिका र किशोरीहरुले तयार पारेका २३५ मध्ये चित्रकला मध्ये प्रतिनिधि मुलुक चित्रकला मात्रै राखिएको आयोजकले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4