+
+

एनआरएनएको सह-कोषाध्यक्षमा उम्मेदवारी दिने लोकप्रसादको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ७ गते १५:४३

बार्सिलोना। बेल्जियम निवासी ब्यबसायी लोकप्रसाद दाहालले एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिबेशनमा सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्।

सबल, सक्षम,विश्वासिलो, भरपर्दो र क्रियाशील संस्था बनाउने लक्ष्यसहित दाहालले उम्मेदवारी दिने जनाएका हुन्। उनी एनआरएनए बेल्जियमका निर्तमान अध्यक्ष तथा पूर्वमहासचिव समेत हुन्।

सह -कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दै उनले संघलाई आर्थिक रुपमा पारदर्शी र मितव्ययी बनाई आन्तरिक लेखा प्रणाली र अत्याधुनिक प्रविधियुक्त लेखाप्रणालीको विकास गर्ने बताएका छन्।

उनले भने,  ‘नेपाली अर्थतन्त्रको एक मुख्य हिस्सेदार मध्यपूर्वलाई विशेष प्राथमीकतामा राख्नुपर्दछ। सुरक्षित बैदेशिक रोजगारीको प्रत्याभूति गराउने देखि दुबई, कतार, साउदी रहेका नेपाली कामदारहरुको हकहितका लागि हामीले अहिले नै सोच्नुपर्दछ।’

नेपालको विकास र समृद्धिमा एनआएनएहरुको सिप, अनुभव, पूँजी र लगानीलाई अधिकतम सदुपयोग गराउने दाहालको प्रतिवद्वता ब्यक्त गरेका छन्। सामाजिक सेवाका कामहरुलाई कर्तव्य र दायित्वका रुपमा अंगिकार गर्दै ब्यापक जनसहभागिताको साथमा सम्पन्न गर्ने उनको लक्ष्य रहेको छ।

बेल्जियममा ब्यबसाय गर्दै आएका दाहालले नेपालमा परोपकारी कामहरुमा निरन्तरता दिइरहेका छन्। उनकै पहलमा ७२ लाख रुपैयाँ भन्दा बढी लगानीमा धादिङमा बद्री विशाल माध्यमिक विद्यालयको पक्की भवन निर्माण भएको थियो। भूकम्पपछि बिभिन्न जिल्लाहरुमा पुगेर दाहालले उद्धार तथा पीडितहरुलाई सहयोग समेत गरेका थिए।

सह -कोषाध्यक्ष पदका लागि दाहालसँगै अमेरिकाबाट एसी शेर्पा र रसियाबाट वर्तमान युरोप उप-संयोजक गोबिन्द गौतमले पनि उम्मेदवारी घोषणा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?