
२६ कात्तिक, रामेछाप । आगामी मंसिर १४ गते हुने उपचुनावमा उमाकुण्ड गाउँपालिका-५ को वडाअध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।
उपचुनावका लागि दुई दलले उम्मेदवारको घोषणा गरी प्रचारप्रसार थालिसकेका छन् । मनोनयन दर्ता भने बुधबार मात्रै हुने छ ।
वडाध्यक्षका लागि नेकपाले कुलबहादुर बस्नेतलाई उम्मेदवार घोषणा गरेको नेकपा रामेछापका सचिव शान्तिप्रसाद पौडेलले जानकारी दिए ।
बस्नेत यसअघि सोही वडाका निर्वाचित वडा सदस्यह हुन् । वडाअध्यक्ष कुवेर खत्रीको गत वर्ष मृत्यु भएपछि बस्नेतले नै कार्यवाहाक वडाध्यक्षको रुपमा काम गर्दै आएका थिए ।
नेपाली कांग्रेसले भने भने वडाध्यक्षका लागि महिलालाई अघि सारेको छ । सावित्री सुनुवारलाई उम्मेदवार घोषणा गरी कांग्रेसले चुनावी अभियान सुरु गरेको कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले जानकारी दिए ।
यो वडामा कूल एक हजार ७४९ मतदाता रहेका छन् । रामेछाप जिल्लामा एउटै मात्र वडामा उपचुनाव हुँदैछ ।
प्रतिक्रिया 4