+

नेपालको ५१ स्वर्णसँगै सागको सुखद समापन

२०७६ मंसिर  २४ गते १९:०७ २०७६ मंसिर २४ गते १९:०७
नेपालको ५१ स्वर्णसँगै सागको सुखद समापन

२४ मंसिर, काठमाडौं । फुटबलको स्वर्णसँगै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग)को सुखद समापन गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको भब्य समापन समारोहको मार्चका क्रममा कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले नेपालको राष्ट्रिय झण्डा बोकेकी थिइन् । उनले चार स्वर्णसहित ९ पदक जितेर कीर्तिमान बनाएकी छन् ।

सागमा नेपालको अन्तिम स्वर्ण भने पुरुष फटबलले दिलायो । समापन समारोह अघि भएको खेलमा नेपालले भुटानलाई २–१ गोलले हराएको थियो । यससँगै १३ औं सागमा नेपालको स्वर्ण पदक संख्या ५१ पुगेको छ ।

मंगलबार नै नेपालका लागि बक्सिङमा सनिल शाहीले स्वर्ण पदक दिलाएका थिए ।

चर्चित खेलहरु फुटबल, क्रिकेट र भलिबलमा सम्भव ६ मध्ये नेपालले एक मात्र स्वर्ण जित्न सक्यो ।

महिला फुटबल र भलिबलमा रजत जितेको नेपालले क्रिकेटको महिला र पुरुष दुवैमा कांस्य पदक जितेको छ । पुरुष भलिबलमा भने नेपालले पदक जित्न सकेन ।

यस्तै सागमा समावेश २६ खेलमध्ये नेपालले २५ मा पदक जित्यो भने सुटिङमा भने पदकविहीन रह्यो । मार्सल आर्ट्समा नेपालले यस पटक सर्वाधिक ३२ स्वर्ण जित्यो । जसमा तेक्वान्दोबाट सर्वाधिक १२ कराँतेबाट १०, उसुबाट ५, बक्सिङबाट ३ र जुडोबाट २ छन् । बक्सिङमा पाएको स्वर्ण २० वर्षपछि हो । भारोत्तोलनमा सन् २००६ पछि पहिलो पटक जितेको छ ।

यस्तै नेपालले साइक्लिङ, गल्फ, ट्रायथलन र कुस्तीमा पहिलो पटक स्वर्ण जितेको छ ।

कीर्तिमानै कीर्तिमान

१३ औं सागमा नेपाली खेलाडीहरुले कीर्तिमान पनि बनाएका छन् । पौडीकी गौरिका सिंहले चार स्वर्ण जितिन् । उनले जितेको स्वर्ण सागको व्यक्तिगत इभेन्टमा पहिलो स्वर्ण हो । साथै एक संस्करणमा चार स्वर्ण उनको अर्को कीर्तिमान हो ।

कराँतेका मण्डेकाजी श्रेष्ठ र आयशा शाक्यले एकै संस्करणमा दुई स्वर्णको कीर्तिमान बनाएका छन् ।

ट्रायथलनमा सोनी गुरुङ, १० हजार दौडमा सन्तोषी श्रेष्ठ, कुस्तीमा संगीता धामी र गल्फमा सुवास तामाङले पहिलो स्वर्णको इतिहास रचेका छन् । यस्तै भारोतोनल महिलामा सञ्जु चौधरी, बक्सिङ महिलामा मिनु गरुङले पहिलो स्वर्ण जितिन् । नेपालले भलिबल र कबड्डीको महिलामा पनि पहिलो पटक कांस्य जितेको छ । यसैगरी महिला क्रिकेटमा अञ्जली चन्दले २.१ ओभरमा रन नै नदिई ६ विकेट लिएर विश्व कीर्तिमान समेत बनाएकी छन् ।

१३औ साग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

औषधीय गुणको फिटकिरी, कुन समस्यामा के लाभ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १६:५९
6 Stories
योनीस्राव हुनुका ६ कारण

योनीस्राव हुनुका ६ कारण

- अनलाइनखबर २०८१ असोज ११ गते १५:०३
7 Stories
निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

निखिल उप्रेतीले किन गरे कपाल प्रत्यारोपण ?

- अनलाइनखबर २०८१ असोज ११ गते १३:४९
7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०