+
+

कराँतेमा नेपाललाई १० स्वर्ण, तर खुशी छैनन् प्रशिक्षक

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १८ गते २०:४२
मंसिर १६ गते कराँतेमा पदक जित्नेहरुको सामूहिक तस्वीर

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को करातेमा नेपालले १० स्वर्ण जितेको छ । कूल १९ स्वर्णमध्ये नेपालले सर्वाधिक १० स्वर्ण जितेको हो ।

सन् १९९९ मा नेपालमै भएको आठौंबाट कराते खेल सागमा समावेश भएको हो । त्यतिबेला नेपालले १४ स्वर्ण जितेको थियो । त्यसपछिका संस्करणमा खासै राम्रो गर्न सकेन । १२ औं मा कराते समावेश नै भएन । यस पटक नेपालमै भएको सागमा आठौं सागको स्वर्णीय इतिहास दोहोर्‍याउने लक्ष्य बनाएको थियो ।

प्रतिपर्धाको पहिलो दिन ९ मध्ये ७ स्वर्ण जित्दै शानदार शुरुवात गरेको नेपालले दोस्रो दिन २ स्वर्ण थपेको थियो ।

तेस्रो दिन बुधबार एक स्वर्ण जितेको छ । अनुपमा मगरले ६८ केजीमाथि स्वर्ण जितेकी हुन् ।

कूल १९ मध्ये १० स्वर्ण नेपालले जिते पनि मुख्य प्रशिक्षक मदन उप्रेती खुसी देखिएका छैनन् । केही जित्नैपर्ने इभेन्टमा नेपाली खेलाडी चुकेको उनले बताए ।

बुधबार नेपालका सोनाम लामा पुरुष ५० केजीमुनि कास्यमा सिमित भए । उनीबाट पनि स्वर्णको आशा गरिएको थियो । यस्तै महिला टिम कुमुतेमा पनि राम्रो प्रदर्शन भएन । स्वर्ण आश गरेको यसमा नेपालले कास्यमा चित्त बुझाएको छ ।

‘आज सोचेजस्तो प्रदर्शन भएन । टिम फाइटमा आशा थियो, तर केटीहरुले खेल्न सकेनन्’, मुख्य प्रशिक्षक मदन उप्रेतीले भने, ‘टिममा जित्नुको शान नै अर्कै हुन्छ ।’

मंगलबार राजकुमार पुडासैनीले पनि स्वर्ण जित्न सकेनन् । दिवस श्रेष्ठ पनि दुर्भाग्यवश फाइनलमा हारे । ‘अपेक्षा गरेकाहरुबाट स्वर्ण आएको भए नेपालले आठौं साग नै जित्ने रहेछौं’ मुख्य सहायक प्रशिक्षक दीपक श्रेष्ठले भने ।

यद्यपि आठौंको इतिहास नभेटे पनि समग्रमा नेपालको प्रदर्शनलाई राम्रो मानिएको छ । १३ औं सागको करोतको पुरुष टिम कुमुतेको अन्तिम स्पर्धाअघि नेपालले १० स्वर्ण जितेको छ भने ४ रजत र ४ कास्य पदक पनि हात पारेको छ ।

पहिलो दिन

७ स्वर्ण

एकल काता – मण्डेकाजी श्रेष्ठ

टिम काता – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

टिम काता, महिला – निर्मला तामाङ, संगिता मगर, सरु कार्की

कराँते, ५५ केजी – लक्ष्मण तामाङ

कराँते, ८४ केजीमाथि – विप्लवलाल श्रेष्ठ

कराँते, ४५ केजीमुनि – कुसुम खड्का

कराँते, ५० केजीमुनि – अनु अधिकारी

रजत २

एकल काता, महिला – चन्चला दनुवार

कराँते, ८४ केजीमुनि – दिवस श्रेष्ठ

दोस्रो दिन

२ स्वर्ण

पुरुष, ६७ केजी – नविन रसाइली

महिला, ६८ केजी – सुनिता महर्जन

२ रजत

पुरुष ७५ केजीमुनि – गंगाराम कुश्वार

महिला ६१ केजीमुनि – मअनु गुरुङ

कास्य

महिला ५५ केजीमुनि – मनिषा चौधरी

पुरुष ६० केजीमुनि – राजिव पुडासैनी

तेस्रो दिन

१ स्वर्ण

महिला ६८ केजीमाथि – अनुपमा मगर

२ कास्य

पुरुष ५० केजीमुनि– सोनाम लामा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment