+
+

पर्साबाट लागूऔषध गाँजासहित ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २९ गते १४:१३

२९ मंसिर, वीरगञ्ज । प्रहरीले पर्साबाट ५ जनालाई लागूऔषध गाँजासहित पक्राउ गरेको छ । वीरगञ्ज–१८ बस्ने २० बर्षीय फुलमह्मद मियाँ, २० बर्षकै नौसाद हुसेन, सखुवा प्रसौनी गाउँपालिका–१ मधुवनमथौल १९ बर्षीय एजाजुल देवान, १९ बर्षीय अली हुसेन देवान र २१ बर्षीय इजाजुल मियाँ पक्राउ परेका हुन् ।

वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई शनिबार पक्राउ गरिएको थियो । तर उनीहरु पक्राउ परेको बारे प्रहरीले आइतबार दिउँसो मात्रै सार्वजनिक गरेको थियो ।

शरीरमा गाँजाको प्याकेट बेरेर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?