+
+

गोरखाका दुई सहकारीलाई प्रोबेसन ब्राण्ड

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ४ गते १७:५७
प्रोबेसन ब्राण्ड लिएपछि काठमाडौंको प्रज्ञा भवनमा सामूहिक तस्वीर खिचाउँदै भीमकुल वचत तथा ऋण सहकारी स‌स्थाका पदाधिकारीहरु ।

४ पुस, काठमाडौं । गोरखाका दुई सहकारी संस्थाले नेपालस्तरको सहकारी गुणस्तर मापदण्ड (प्रोबेसन ब्राण्ड) पाएका छन् ।

भीमसेन थापा गाउँपालिका– ७ को भीमकुल वचत तथा ऋण सहकारी संस्था र आरुघाट गाउँपालिका–१० मंगलटारको सप्तकोशी वचत तथा ऋण सहकारी संस्थाले एनएस ब्राण्ड पाएका हुन् ।

नेफ्सकुनको पुस २ गते बसेको बैठकले विभिन्न सूचकका आधारमा देशभरका ३४ वटा वचत तथा ऋण सहकारी संस्थालाई प्रोबेसन ब्राण्ड दिने निर्णय गरेको थियो । जसमा गोरखाका दुई सहकारी समेटिएका हुन् ।

नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकुन) को २८ औं वार्षिक साधारणसभामा शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले ती सहकारीका पदाधिकारीलाई ब्राण्ड प्रदान गरिन् ।

सहकारी विभागले सहकारीहरुको दिगो विकास, व्यवसायीकरण र गुणस्तर सुनिश्चितताका लागि २०७१ सालदेखि नेपालस्तरको यो ब्राण्ड प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?