
३ माघ, हेटौंडा । मकवानपुरको लेवटमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६५६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको ३५ वर्षीय अम्मर पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।
चितवन घर भएका मृतक मगर बसामाडीमा चाउमिन कारखानामा काम गर्ने मजदुर हुन् । ट्रकको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जनाएको छ ।
ठक्कर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4