+
+

विप्लव समूहका सेक्रेटरीलाई अभद्र व्यवहारको अभियोग

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ७ गते १६:१३

७ माघ, काठमाडौं । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक जना नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची–९ का ४४ वर्षीय भुवनसिंह तामाङ छन् ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी कुमारविक्रम थापाका अनुसार नयाँ थिमिमा स्थानीय व्यापारीलाई धम्क्याएर चन्दा असुली गरेर हिँडिरहेको सूचनाको आधारमा तामाङलाई पक्राउ गरिएको हो ।

थापाका अनुसार तामाङ सिन्धुपाल्चोकका जिल्ला सेक्रेटरी हुन् । उनीमाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?